२९ माघ २०८२, बुधबार

जमुनाह नजिकै अनावश्यक गाडी पार्किङ हुँदा अवैध कारोबारको शंका उत्पन्न

३ पुष २०८२, बिहीबार १२:३८ मा प्रकाशित<

बिकास खडका नेपालगन्ज = बाँके , जमुनाह – 

नेपाल प्रहरीकै सामुन्ने भारतिय गाडी नेपाल भित्राई सवारी बोक्ने गरेका छ्न ।

अनावश्यक गाडी पार्किङ हुँदा अवैध कारोबार को शंका उत्पन्न भएको छ ।
अहिलेसम्म भारतिय बजार स्थित रुपैडिहामा रहेको ट्याकसी स्टेन्ड बाट सवारी बोक्ने गरेका थिए ।
त्यहाँ पार्किङ गरेर बल्ल सवारी बोक्दा सहज हुने र जाम नलाग्ने गरेको थियोे ।
ईलाका प्रहरी कार्यालय जमुनाह कै प्रगड नजिकै ल्याइ गाडी पार्किङ गरि यात्रु बोक्दा बाटो समेत जाम हुने गरेको छ ।
यसरी जथाभावी गाडी पार्किङ हुँदा जाम लाग्ने , आवतजावत गर्ने आँम जनतालाई सास्ती हुने गरेको स्थानीयले गुनासो समेत गरेका छ्न ।
ईलाका प्रहरी कार्यालय जमुनाह देखि भन्सार कार्यालय र दस गजा नजीकै वरिपरि गाडी पार्किङ हुने गरेको पाईएको छ ।

यसरी पार्किङ हुने गाडीमा अवैध समान ओसारपसार समेत हुन सक्ने अनुमान गर्न सकिन्छ । रुपैडिहामा पार्किङ को ब्यवस्थापन हुँदा पनि यसरी ट्याक्सी , गाडी किन नेपाल सिमा नजिकै खडा हुने गरेका छन ?

पार्किङ हुने सवारीसाधनमा भारत बाट अवैध समान ल्याई पार्किङ गर्ने त्यस पछि रातीको मौका छोपि अवैध मालसमान ओसारपसार हुन गरेको एक जना स्थानीयले बताएका हुन ।सम्बन्धित निकाय , प्रहरी प्रशासन , भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयको समेत ध्यानाकर्षण हुन जरुरी रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x