१७ जेष्ठ २०८१, बिहीबार

अबैध समान बरामद , अबैध समान मालिक बेपत्ता

एसीपी संवाददाता

९ बैशाख २०८१, आईतवार १७:३९ मा प्रकाशित

नेपालगन्ज –  नेपालगन्जमा दिनहु अबैध समान समाते पनि अपराधी फरार रहेका हुन्छ्न । आज जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.२ घरवारी टोल स्थितमा वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले खैरुन निशा शेषको घरमा अबैध भन्सार छली गरेको समान बरामद गरेको हो । अचम्मकोकुरा के छ शेखले घर कस्लालाई दिएको थाहा भएन भनिन । तर कसैले घरमा दिदा  नामथर वतन नखुलेका व्यक्तिले भाडामादिने कस्तो अपराध कार्य हो भन्ने कुरा हो   कोठामा रितपूर्वक खानतलासी गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याईएका तपसिलमा उल्लेखित सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको ।
निम्न:-
क) प्लाष्टिक चप्पल – २८०२ जोर
ख) कपडाको बेल्ट(पेटी) – ११४० थान
ग) र्याकगजिनको बेल्ट(पेटी) – २५८ थान
अन्दाजी जम्मा मूल्य रु.१०,०८,०६०।- (दश लाख आठ हजार साठी) । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x