१५ जेष्ठ २०८१, मंगलवार

भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको चयन

एसीपी संवाददाता

१४ बैशाख २०८०, बिहीबार ०८:२४ मा प्रकाशित

विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप (डब्लुटीसी) को फाइन खेलको लागि भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको चयन गरेको छ ।
अगामी जुन ७ देखि ११ सम्म इंग्ल्याण्डको ओबलमा भारत र अष्ट्रेलिया बीच हुने विश्व टेष्ट च्याम्पियनसिप (डब्लुटीसी) फाइनल खेल हुने भएको हो ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको छ भने १६ महिना पछि अजिक्य रहाणेलाई टिममा समावेश गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारत लिग चरणको उपविजेता र अस्ट्रेलिया विजेताका रुपमा फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले यसअघि नै आफनो टोली घोषणा गरिसकेको छ ।
भारतको टोलीमा
रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, शुभमन गिल, चेतेश्वर पुजारा, अजिक्य रहाणे, केएस भरत, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद समी, उमेश यादव, जयदेव उनादकट, मोहम्मद सिराज भारतीय टोलीमा रहेको छ ।
अस्ट्रेलियाको टोली
प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मिचेल स्टार्क, स्टिभ स्मिथ (उपकप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, मार्कस ह्यारिस, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्लिस, उस्मान ख्वाजा, मार्नुस लाबुसेन, नाथन लियोन, मिचेल मार्श, टोड मर्फी, म्याथ्यु रेनशा, मिचेल स्टार्च रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x