१३ माघ २०७९, शुक्रबार
अर्जेन्टिना फिफा विश्वकप २०२२ को च्याम्पियन

लियोनल मेस्सीको पछिल्लो विश्वकपमा उपाधि जित्ने सपना साकार भएको छ । अर्जेन्टिनाको टोली फिफा विश्वकप २०२२ को च्याम्पियन बनेको छ । फाइनलमा उत्कृष्ट खेल देखाउँदै फ्रान्सलाई ४–२ ले शानदार ढंगले पराजित गरेका छ । उक्त खेलमा निर्धारित समयसम्म २–२ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराएको हो ।
अर्जेन्टिनाले विश्वकप इतिहासमा तेस्रो उपाधि जितेको छ । मेस्सीको कप्तानीमा रहेको यो अर्जेन्टिनी टोलीले यसअघि १९७८ र १९८६ को उपाधि जितेको थियो । यसबाहेक अर्जेन्टिना तीन पटक (१९३०, १९९०, २०१४) उपविजेता पनि बनेको छ । अर्कोतर्फ फ्रान्सेली टोलीको लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक उपाधि जित्ने सपना चकनाचुर भएको छ । यसअघि फ्रान्सेली टोली सन् १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।
Subscribe
Login
0 Comments