१ श्रावण २०८३, शुक्रबार

डा.केसी ११ औं दिन अनशनमै,वीरगन्जका चिकित्सकहरूको समर्थन

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०५:५४ मा प्रकाशित

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी ११ दिनदेखि १९औँ अनशनमा छन् । जुम्लाबाट काठमाडौं आएका केसी शिक्षण अस्पतालमा छन् । एकै प्रकारका मागका लागि पटक–पटक अनशन बस्दै आएका डा. केसीको स्वास्थ्य पछिल्ला दिनमा कमजोर बन्दै गएको छ ।

विगतमा अनशन तोडाउने बहानामा मात्रै सरकारले सहमति गर्दा केसी १९ औँपटक पुनः अनशन बसेका हुन् । यसै बीच वीरगन्जका चिकित्सकहरूले पनि उनको अनशनमा समर्थन जनाउँदै आन्दोलन थालेका छन् । नेपाल चिकित्सक संघ वीरगन्ज नारायणी शाखामा आबद्ध चिकित्सकहरूले बिहीबार हातमा कालो पट्टी बाँधेर आन्दोलन थालेका छन् । यसपटकको अनशन माग पूरा हुने बलियो आधार नबन्दासम्म नतोड्ने उनले बताएका छन् ।

डा. केसीले पहिलो अनशनदेखि एकै प्रकारका माग राख्दै आएका छन् । हरेक अनशनमा केसीले विगतमा भएका दुईपक्षीय सहमतिको कार्यान्वयनमा जोड दिएका छन् । उमेरका कारण पनि उनको स्वास्थ्यमा चाँडै खराबी आउन थालेको चिकित्सकहरू बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x