नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत डाक्टर गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ ।
शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।
डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिनुभयो ।
सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । डा केसीले उठाएका मुद्धाहरु जनताको मुद्धा रहेको भन्दै सरकारले माग पुरा गर्नुपर्नेमा दमन गरेको भन्दै उहाले तत्काल केसीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बस्नुभएका डा केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै चिकित्सकहरुले जनाएका छन् ।




[…] […]
[…] […]