१ श्रावण २०८३, शुक्रबार

कारवाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

एसीपी संवाददाता

११ आश्विन २०७७, आईतवार १६:०५ मा प्रकाशित

बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए । उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन् ।

उनीहरुले यस्ता घटनाहरु पटक पटक दोहरीएपनि कमजोर कानून भएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेको भन्दै कडा कानून नवनाएसम्म घटनाहरुमा कमी नआउने बताए । विरोधमा सहभागी कांग्रेस सांसद मीन विश्वकर्माले कानून कार्यान्वयनको फितलोपनाका कारण घटना बढिरहेको बताउनुभयो । उहाले राजीनितिक प्रभावमा नै हिंसा स्म्बन्धी कानूनलाई कमजोर बनाएको आरोप लगाउनुभयो । प्रहरी प्रशासन व्यवसायीक धर्मबाट बिचलित भएका कारण अपराधीहरुले उन्मुक्ति पाउने गरेको उहाको भनाई छ ।

यस्तै उक्त घटनाको बिरोधमा कांग्रेसको केन्द्रीय महिला बिभागले पनि सुतिरहेको सरकारलाई झकझाकाउन भन्दै सडक वहसको आयोजना गरेको थियो । नेपाली समाज महिलाका निम्ती असुरक्षित बन्दै गएको भन्दै सडक बहसमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । सडक बहसमा पुग्नुभएकी नेकपा सांसद रामकुमारी झाक्रीले प्रहरी प्रशासनको प्रभावकारीताको समिक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाले मुलुकका ग्रामीण क्षेत्रमा राज्यको उपस्थीति नदेखिएकाले महिला हिंसा सम्बन्धी घटना दोहरीएको जिकिर गर्नुभयो ।

असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x