२४ आश्विन २०८३, शनिबार

बाँकेको नरैनापुरमा रास्वपाको राजनीतिक सरगर्मी: साह गुफरान र वीरेन्द्र यादवको नाम चर्चामा

एसीपी संवाददाता

२४ आश्विन २०८३, शनिबार १०:२३ मा प्रकाशित

बाँके, नरैनापुर — बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक गतिविधिलाई तीव्रता दिएसँगै आगामी स्थानीय नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा व्यापक बन्न थालेको छ।

स्थानीय तहमा पार्टी संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अघि बढाउने क्रममा रास्वपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि साह गुफरान अहमद र वडा नं. ५ को वडा अध्यक्ष पदका लागि वीरेन्द्र कुमार यादव को नाम सम्भावित उम्मेदवारका रूपमा अघि सारिएको बुझिएको छ।

लामो समयदेखि स्थानीय समस्या, विकास निर्माण र जनसरोकारका मुद्दामा सक्रिय रहँदै आएका साह गुफरान अहमदलाई गाउँपालिका अध्यक्षको बलियो आकांक्षीका रूपमा हेरिएको छ भने वडा नं. ५ मा वीरेन्द्र कुमार यादवले वडा स्तरको नेतृत्व सम्हाल्ने गरी तयारी थालेको चर्चा छ।

रास्वपाले नयाँ विचार र परिवर्तनको एजेन्डासहित नरैनापुरमा आफ्नो पकड बनाउन खोजिरहेको सन्दर्भमा यी दुई युवा नेताहरूको सम्भावित उम्मेदवारीलाई स्थानीय स्तरमा निकै चासोका साथ हेरिएको छ।

यद्यपि, पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार चयन प्रक्रिया र अन्तिम औपचारिक निर्णय हुन बाँकी नै रहे तापनि आकांक्षी उम्मेदवारहरूले आ-आफ्नो तर्फबाट आन्तरिक तयारी र संवादलाई भने निरन्तर जारी राखेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x