१७ आश्विन २०८३, शनिबार

राजनीतिमा विद्यार्थीको भूमिका विषयमा डा. रेखा यादवद्वारा प्रशिक्षण

एसीपी संवाददाता

१८ आश्विन २०८३, आईतवार ००:१९ मा प्रकाशित

ललितपुर, असोज १७ — जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपमहासचिव एवं पूर्व माननीय डा. रेखा यादवले “राजनीतिमा विद्यार्थीको भूमिका” विषयमा प्रशिक्षण दिनुभएको छ।

समाजवादी विद्यार्थी युनियन, नेपाल केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरद्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा डा. यादवले विद्यार्थीको राजनीतिक सहभागिता, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणमा विद्यार्थीको भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको हो।

प्रशिक्षणका क्रममा डा. यादवले विद्यार्थीहरू देशको भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरूमा राजनीतिक चेतना, जिम्मेवारीबोध, अनुशासन र सामाजिक उत्तरदायित्वको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थी आन्दोलनलाई रचनात्मक, लोकतान्त्रिक र समाजमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिमा विद्यार्थीको सहभागिता केवल राजनीतिक गतिविधिमा सीमित नभई समाजका विद्यमान समस्या पहिचान, समाधानका लागि पहल तथा परिवर्तनको नेतृत्व गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

दुई दिने प्रशिक्षण कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको जनाइएको छ। प्रशिक्षणले विद्यार्थीहरूमा राजनीतिक तथा संगठनात्मक ज्ञान अभिवृद्धि गर्दै नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x