तालिबान सत्ताले मानवअधिकारवादी अभियन्ताहरुलाई नियन्त्रणमा लिएलगत्तै आन्दोलनहरु थप उग्र बन्नुका साथै पाकिस्तानविरोधी भावनाहरु अफगानिस्तानमा बढ्दै गए। अफगानिस्तानमा नै पाकिस्तान विरोधी भावनाहरु बढ्दै आन्दोलनहरु हुन थालेपछि सुरक्षा सल्लाहकार प्रमुख मोइद युसुफले आफ्नो अफगानिस्तान भ्रमण रद्द गरेका छन्।
उनको भ्रमण भएलगत्तै उनको विरोधमा काबुल विमानस्थलमा नै मानिसहरुको भिड जम्मा हुने र कुनै अप्रिय घटना हुनसक्ने रिपार्टका आधारमा उनले आफनो अफगानिस्तान भ्रमण रद्द गरेका हुन्।
एक्सप्रेस ट्रिब्यूनका अनुसार अफगानिस्तानमा जारी मानवीय संकटको बीचमा युसुफ यसै हप्ता काबुल जाने तयारीमा थिए। तर, पाकिस्तान विरोधी ब्यानर बोकेका सयौं अफगानिस्तानीहरुले पाकिस्तानविरुद्ध जुलुस निकालेको देखियो।
ठूलो पाकिस्तान विरोधी भावनालाई महसुस गर्दै युसुफले आफ्नो निर्धारित भ्रमणको विरुद्ध निर्णय लिएका हुन्। पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीच डुरान्ड रेखामा पाकिस्तानी सेना र तालिबानबीच बढेको तनावका कारण पनि अफगानिस्तानमा पाकिस्तानविरोधी भावनाहरु बढ्दै गएको हो।
मिडिया आउटलेटका अनुसार युसुफको नेतृत्वमा उच्च शक्तिको पाकिस्तानी प्रतिनिधिमण्डल देशका प्रधानमन्त्री इमरान खानको निर्देशनमा काबुलको दुई दिने भ्रमणको क्रममा लिइएको थियो। प्रतिनिधिमण्डललाई स्थलगत अवस्थाको मूल्याङ्कन गर्न जिम्मेवारी दिइएको थियो।


