३० माघ २०८२, बिहीबार

अमेरिकाले हामीलाई आफ्नो स्वार्थका लागी युज मात्रै गरिरह्यो, स्वार्थ पूरा भएपछि ‘ट्वाइलेट पेपर’ झैं फाल्यो : पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफ

एसीपी संवाददाता

३० माघ २०८२, बिहीबार १८:०३ मा प्रकाशित

इस्लामाबाद — पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले संसदमा अमेरिकासँगको दशकौँ पुरानो सम्बन्धलाई एकपक्षीय र अपमानजनक भनेका छन् । उनले अमेरिकाले पाकिस्तानलाई आवश्यकता पूरा भएपछि ‘ट्वाइलेट पेपर’ झैँ प्रयोग गरेर फालिदिएको आरोप लगाएका छन् ।

आसिफले संसद्मा सम्बोधन गर्दै भने, “अमेरिकाले पाकिस्तानलाई आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्‍यो र त्यसपछि फालिदियो, ट्वाइलेट पेपरभन्दा पनि नराम्रो व्यवहार गर्‍यो ।” उनले यी युद्धहरू पाकिस्तानका नभई महाशक्ति राष्ट्रहरूका भएको र पाकिस्तानलाई मोहरा मात्र बनाइएको बताए ।

रक्षामन्त्री आसिफले पाकिस्तानको वर्तमान संकटका लागि पूर्व सैनिक शासकहरू जनरल जिया-उल-हक र जनरल परवेज मुशर्रफलाई जिम्मेवार ठहराए । पाकिस्तानका विगतका सरकारहरुले
विदेशी शक्तिहरूलाई खुसी पार्न र सत्ता टिकाउन इस्लाम र जिहादको दुरुपयोग गरेको जिकिर गरे ।
त्यस्तै १९७९ मा सोभियत संघको अफगानिस्तान आक्रमणको समयमा अमेरिकाको कथनमा लागेर पाकिस्तान सामेल भएको र त्यसका कारण देश आन्तरिक रूपमा कट्टरवाद हावी भै आतंकवाद बढेको र ड्रग्सको समस्या समेत जन्माएको कुरा उल्लेख गरे ।

आसिफले विगतका सरकार र शासकहरूले युद्धहरूलाई जनतासमक्ष न्यायोचित ठहराउन शिक्षा पाठ्यक्रममा अमेरिकी सुझाव अनुसार परिवर्तन गरेको खुलासा गरे । उनले भने, “बच्चाहरूलाई जिहादी मानसिकताद्वारा हुर्काइयो, जसको विषाक्त प्रभाव अझै पनि कायम छ र यसैको परिणामस्वरूप पाकिस्तानमा चरमपन्थ र आतंकवाद फैलिएको छ ।”

यो अभिव्यक्ति पाकिस्तानको विदेश नीति र विगतका निर्णयहरूको आत्मसमीक्षा झल्काउने रूपमा हेरिएको छ । आसिफले यस्ता गल्तीहरूबाट पाकिस्तानले अझै पनि पाठ सिक्न नसकेको पनि बताएका छन् । समाजिक संजाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x