१ फाल्गुन २०८२, शुक्रबार

अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन:- उमेदवार कनोडिया

एसीपी संवाददाता

१ फाल्गुन २०८२, शुक्रबार १२:५३ मा प्रकाशित

कपिलवस्तु, फाल्गुन १

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधि सभा उम्मेदवार बिरेंद्र कुमार कनोडिया जनताको स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन ।
“सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब कपिलवस्तु–३ मा केवल नारा होइन, जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको हो।


लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन। यही चाहनालाई बुझेर एमालेले कपिलवस्तु –३ बाट कनोडिया स्पष्ट दृष्टिकोण, स्वच्छ छविका अब्बल उम्मेदवारको रूपमा स्थापित भएका छन।

कनोडिया चुनावी अभियानका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी, पूर्वाधार विस्तार र जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने प्रतिबद्धता जनाएका छन्। उनका कार्यक्रमहरूमा देखिएको जनसहभागिता र उत्साहले कपिलवस्तु–३ मा एमालेप्रतिको विश्वास मजबुत बन्दै गएको संकेत गर्छ।

राजनीति सत्ता र सौदाबाजीको माध्यम होइन, सेवा र जिम्मेवारी हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताका लागि कनोडिया आज विश्वसनीय विकल्प समेत बनेका छन।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ मा कनोडियाको पक्षमा जनसमर्थन सुनामीझैँ बढ्दै गएको छ। निरन्तर चलिरहेको मतदाता भेटघाटले कनोडिया जनताको घर–घरमा मात्र होइन, मन–मनमा स्थापित गरिसकेको छ।

गाउँ, टोल र बस्तीमा पुग्दा जनताले एउटै कुरा स्पष्ट रूपमा भनिरहेका छन कपिलवस्तु–३ मा बिरेंद्र कुमार कनोडियाको कुनै विकल्प न रहेको समर्थक हरू बताउछन्!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x