एमसीसी रोक्ने भन्दै के आयो चीनबाट फोन प्रचण्ड किन मौन ?
नेपालको संसदमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पेश गर्ने कि नगर्ने भन्ने बहस शुरु हुन्छ ठिक त्यतिनै बेला चिनिया नेताहरुले नेपाली राजनीतिक दलका प्रमुख पात्रसँग कुराकानी गर्ने गरेका छन् । गत मंसिरमा संसद आह्वान गर्दा पनि चिनियाँ नेताहरुले कांग्रेस, एमाले, माओवादी र एस पार्टीका नेताहरुलाई टेलिसम्वाद गरेका थिए ।
अहिले पनि सत्ता गठबन्धनभित्र एमसीसीबारे गरमागर्मी छलफल चलेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सुटुक्क भिडियो कुराकानी गरेको स्रोतले जनाएको छ । ‘गठबन्धनको बैठक सकिएपछि अध्यक्षज्यूसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको कुराकानी भएको हो’, प्रचण्ड निकट उच्च नेताले भने ।
एमसीसीबारे आइतबार नेपाली सञ्चारमाध्यममा दुई थरी धारणाहरु र समाचारहरु सार्वजनिक भैरहेका छन् । एकथरी सञ्चार माध्यमदेले गठबन्धन टुट्ने संकेतसहितको समाचार र धारणा सार्वजनिक गरेका छन् भने अर्कोथरी सञ्चार माध्यमले एमसीसी पास गर्ने, गठबन्धन पनि नटुट्ने धारणा सार्वजनिक गरेका छन् ।
यी धारणा सार्वजनिक हुँदा पनि प्रचण्ड र सुङबीच भएको कुराकानीबारे भने कुनै पनि समाचार सार्वजनिक नहुँनुचाहि अनौठो रहेको छ । स्रोतका अनुसार सुङले चीन नेपाल मित्रता, वल्र्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको धारणा र नेपालको संसदमा पेश हुने तयारीमा रहेको एमसीसीबारे छलफल भएको थियो । यही क्रममा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने सहमति नभएको धारणा सार्वजनिक गरेका छन् । तर उनले प्रचण्ड र सुङबीच भएको कुराकानीबारे केही बताएका छन् ।
‘कुनै भ्रममा नपरौं ; प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन’, श्रेष्ठले भनेका छन् । यसले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटनसक्ने संकेत गरेको विषयचाहि बढी बलशाली हुँदै गएको देखिन्छ ।
‘देउवाले एमसीसी पास गर्नुपर्नेछ चाडैनै निर्णय दिनुस भनेको कुरा सही हो उहाँहरुलाई चुनावी गठबन्धन गर्नुपर्ने बाध्यता छ देउवालाई एमसीसी पास गर्नुपर्ने बाध्यता छ त्यसकारण यीनै दुई शर्तमा गठबन्धन अघि बढ्न पनि सक्छ’, कांग्रेसका एक पदाधिकारीले भने । गठबन्धनभित्र एमसीसी पास नगर्ने पक्षमा प्रचण्ड र माधव नेपाल रहेका छन् । कांग्रेसले जसरी पनि पास गर्नुपक्षमा रहेको छ । यतिबेला एमालेलाई भने हाइसन्चो भएको छ । तर उच्च स्रोतका अनुसार एमालेले एमसीसी संसदमा ल्याउन दिने र संसदबाट छलफल गरेर अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।


