२६ श्रावण २०८३, मंगलवार

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’

एसीपी संवाददाता

१६ माघ २०७९, सोमबार १६:४९ मा प्रकाशित

काठमाण्डौ । आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ ।

अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ । झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । डाक्टरका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x