२८ माघ २०८२, मंगलवार

कृष्णनगर–३ मा शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर संचालन हुने

एसीपी संवाददाता

२७ माघ २०८२, सोमबार ०८:१६ मा प्रकाशित

कपिलवस्तु  — नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको प्राविधिक सहयोगमा कृष्णनगर नगरपालिका वडा नं.–३, कपिलवस्तुको आयोजना तथा स्थानीय व्यवस्थापनमा शल्यक्रिया सहितको एकदिने निःशुल्क आँखा शिविर संचालन हुने भएको छ।
उक्त शिविर आगामी २०८२ साल माघ २६ गते सोमबार कृष्णनगर नगरपालिका–३, चैपुरवास्थित वडाध्यक्ष निवासमा संचालन हुनेछ। शिविरमा बिहान १० बजेदेखि बेलुकी ३ बजेसम्म मोतिबिन्दु लगायत विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामीहरूको निःशुल्क आँखा परीक्षण गरिनेछ।
शिविरमा परीक्षणपछि छनौट भएका मोतिबिन्दुका बिरामीहरूलाई छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजमा लगेर निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आँखाको समस्या भोगिरहेका सर्वसाधारण नागरिकहरूलाई यो अवसरको अधिकतम लाभ उठाउन तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन वडाध्यक्ष सगीर अहमद खांको अनुरोध!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x