२३ चैत्र २०८२, सोमबार
केनाइन टोली सहित सीमा क्षेत्रमा विशेष चेकजाँच तथा स्निफिङ
कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर बजार क्षेत्रमा सीमा नाकाबाट हुने लागुऔषध, विस्फोटक पदार्थ तथा अवैध ओसारपोसार नियन्त्रणका लागि विशेष चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी, मर्यादपुर प्रहरी चौकी र गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयको केनाइन (Dog) शाखासहितको संयुक्त टोलीले २ वटा खोजी कुकुर प्रयोग गरी सवारी साधन र व्यक्तिहरूको कडाइका साथ जाँच गरेको थियो।
चेकजाँचका क्रममा भारतीय मोटरसाइकलमा लुकाई राखिएको SPASPROX १२ ट्याब्लेट सहित वब्लु यादव, नगद रु. ८ लाख र मोटरसाइकल सहित अफिजुल्लाह मुसलमान र अखलक खाँन, साथै भारतीय नगद रु. १ लाख र मोटरसाइकल सहित अजय गुप्ता तथा दुखी मल्लाहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको/ल्याइएको छ। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।
Subscribe
Login
0 Comments



