१२ कार्तिक २०८३, बुधबार

चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक – चीन

एसीपी संवाददाता

८ माघ २०७८, शनिबार १२:५० मा प्रकाशित

एजेन्सी = पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई चीनले अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

वासिङ्टनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकसँग भने, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं।’

बाइडेन प्रशासनले कोभिड–१९ लाई कारण देखाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो। चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि सुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन्।

चीनले भर्खरै  कोभिड–१९ संक्रमित यात्रुहरूको वृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ। चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ। रासस/एएनआई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x