२३ चैत्र २०८२, सोमबार

जनतामा संसय पैदा हुने काम नहोस!

एसीपी संवाददाता

२० चैत्र २०८२, शुक्रबार १०:३४ मा प्रकाशित

ओम आचार्य

भाद्र २३ र २४ को जेनजी आन्दोलन पछी के पी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछी नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी शुशिला कार्कीले निर्धारित मितीमा आम जनतामा निर्वाचन हुन्छ कि हुदैन भन्ने उठेको संसयलाइ विस्वासमा बदलेर सफलतापुर्वक निर्वाचन सप्पन्न गरिन !

फाल्गुण २१मा समप्न्न भएको निर्वाचनमा झण्डै दुइ तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाण्डौंका पुर्व मेयर वर्तमानमा रास्वपा का वरिष्ठ नेता वालेन्द्र शाहालाइ प्रधानमन्त्रीमा प्रस्तुत गर्यो !

चैत्र १३ रामनवमी अभिजित मुहर्तमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका प्रधानमन्त्री वालेन्द्र शाहा प्रती नेपाली जनताले काठमाण्डौका मेयर हुदै देखी  “ केही गर्न सक्ने सक्षमा “ मा व्याक्तिमा राखेका थिए ।उन्को ड्रेसप र उन्को  हिडाइ ले सम्होहित गरेको थियो ! उन्को जीवन शौलि यो भन्दा पुर्वका प्रधानमन्त्रिको भन्दा अलग थियो !

बालेनको काम गर्ने तौर तरिका

उन्को द्रुत हिडाइ जस्तै काम गर्ने शैलि पनि त्यतिक्कौ द्रुत देखिन्दै छ!उन्ले प्रधानमनत्री भएपछी १०० कार्यसुचि ल्याउदै टाइम लाइन सेवा जारी गरे !!उ जति छिटो छिटो हिडछन त्यति छिटो छिटो काम गर्दै छन ! यही क्रममा कार्की आयोगको प्रतिवेदन लागु गर्दै तत्कालिन प्रधानमन्त्री के पी ओली र रमेश लेखक पक्राउ पनि भए! यो कर्वाही पनि अत्यन्त शिघ्रता पुर्वक गरे ! जति शिघ्र पक्राउ भए त्यतिनै शिघ्र सडकमा विरोध पनि हुदैछ !केही कानुन विद र राजनितिक दलहरुले यो शिघ्रतामा विधी प्रकृया नपुगेको ठहर गर्दै विज्ञप्ती समेत निकालेर सरकार को विरोध समेत गरेका छन !

काठमाण्डौका मेयर छदा वान मेन डिसिजिनको अभ्यास शैलि अपनाएका प्रधानमन्त्रीले सरकार वन्नु भन्दा पुर्व आफ्नो पाटी सभापतिलाइ तपाइ पाटि चलाउनुस म सरकार चलाउछु भन्नु यही वान मेन डिसिजनकै परिकल्पना हुन सक्छ!

बालेन सरकारलाइ केही गरेर देखाउने ढृठ इच्छा छ ! उच्च मनोवलका साथ प्रस्तुत भइरहेका छन ! 

प्रतिपक्षको भुमिका अत्यन्त कमजोर रहेको वर्तमान संसदमा उन्को त्यो  दृढ इच्छा र उच्च मनोवलले उनलाइ अधिनायकवाद तानाशाही नवनाओस ! संसदमा प्रतिपक्ष कमजोर भएपनि अन्यदलहरुको उपस्थिति न्युन रहे पनि उन्ले लोकतन्त्रमा संसद को गरिमा र महत्व प्रतिपक्ष र सरकार दुवैको उत्तिक्कै उत्तरदायित्व रहन्छ  भन्ने सोच्नु पर्छ !

प्रधानमन्त्री बालेनलाइ काम गर्न कति सहज

झण्डै दुइ तिहाई को सरकारलाइ काम गर्न अत्यन्तै सहज र सुविधा युक्त छ कहि कतैबाट तत्काललाइ विघ्न वाधा पर्ने देखिन्दैन ! अन्य राजनीतिक दलहरुसंग पनि सौह्रार्द र अनुकुल वातावरण वनाउन सक्नु पनि उन्को क्षमता र सिप भित्र पर्छ!अहिले नेकपा एमाले ले प्रतिशोधको राजनीति भयो भन्दै सडकमा  नारा र जुलुस लिएर सरकारको विरोध गरिरहेको छ ! भोलि का दिन मा अन्य दलहरु पनि क्रमश:सडकमा आउने वातवरण नवाउन सक्नु नै नेतृत्व को कुशलतामा निर्भर गर्छ!कथंकदाचित अहिले भएको सडक आन्दोलनमा क्रमश अन्यदलहरु पनि आउने वातावरण वन्यो भने सिंगै राष्ट्र आमुल जनता नै प्रतिपक्षमा रहन सक्छन त्यतिखेरको जनवल आंकलन गर्दै वालेन सरकार सुझबुजले अगाडी बडनु उन्को सफलता देखिन्छ!

जनवल जनआधार यौटौ पाटी यौटै सरकारसंग सधै स्थिर हुदैन विगतका इतिहासले यस्तै विश्वभरी देखाएको छ! नेपालमा पनि परिवर्तनशिल छ ! त्यही परिवर्तनले अहिले जनवल र जनआधार प्राप्त गरेर रास्वपा को दल अग्रणी हुदै सरकार निर्माण गर्न पुगेको छ।

जनआधार जनबल को संग कति खेर हुन्छ त्यस्को मापदणड सरकारको काम गर्ने तोर तरिका र जनताको सरोकारका विसय र सरकार प्रति विस्वसनियता रहुन्जेल सम्म हो ! त्यो विसयमा उच्च सतर्कता र चनाखो रहन सरकार र दल दुवैले अनिवार्य हुनु पर्ने देखिन्छ !

प्रधानमन्त्री बालेन लाइ भय आफ्नै दल प्रती छ ?

नेपालमा जति पनि दलहरुले आफ्नो नेतृत्वमा सरकार निर्माणगरे ति दलको सरकार आफ्नै दलको कारणबाट भंग भएका छन ! अझ तत्कालिन समयमा आफै पाटी सभापति रहेका व्याक्ति तिनै प्रधानमन्त्री हुदा त सरकार भंग रहेको अवस्था छ ! त्यो पाटीको आन्तरिक भागवण्डा र स्वार्थ बाजिदा यस्तो दुर्घटना हुने गरेको देखिएको छ!

अहिले रास्वपा पाटी सभापति र प्रधानमन्त्री यौटै पाटीका रहेतापनि अलग अलग पात्र भुमिकामा छन ! यो राम्रो अभ्यास पनि हो ! र पनि अहिले रास्वपा पाटी सभापति रहेका रवि लामिछाने पुर्व गृहमन्त्री समेत रहिसकेका हुन ! उनलाइ अहिलेको सरकारमा सम्मिलित मन्त्रीहरुको भन्दा अपेक्षाकृत बडी अनुभव र अन्य दलहरुको र प्रतिपक्षीहरुको सरकार विफल गराउन कुन हद सम्म रणनीति अख्तियारी गर्छन त्यो राम्ररी बु्ज्न सक्छन !यस कुरामा विचार पुर्याउन रविलाइ जरुरी छ!

अहिले रवि माथि मुध्दा अदालतमा विचाराधिन छ ! र यही कारण रविको महत्वकाक्षा खुम्चेको पनि हुन सक्छ ! यही कारणबाट बालेन सरकारलाइ अहिले सहज भएको पनि होला ! जुन दिन अदालतबाट सफाइ क्लिन चिट पाउछन त्यही दिन देखी रविको महत्वकाक्षा मध्यान्हको रवि जस्तौ भएर आउन पनि सक्छ! त्यतिखेर बालेन सरकार कही कतै ओत लाग्ने ठाउ खोज्न जान सक्छन ? त्यस्तो अवस्था सृर्जना नहोस !

सरकारको नेतृत्व लिएका प्रधानमन्त्री बालेनले भविस्य आंकलन गर्दै पाटी सभापति रवि लामिछाने लाइ तपाइ पाटी चलाउनुस म सरकार चलाउछु भनेका हुन की?

अन्तमा

जनताको अत्यधिक विस्वास र भरोसा रास्वपा भन्दा पनि बालेन प्रति देखिएको छ ! उनि प्रती आश्था र निष्ठा बोकेका जनतालाइ निराश नगरुन , जनतामा उ प्रति संसय पैदा हुने काम प्रधानमन्त्रीबाट नहोस मेरो शुभकामना छ !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x