जनरल मुशर्रफ,क्रिकेट र सत्ता’
उतिबेलाका भारतीय कप्तान सौरभ गांगुली थिए । कलकत्तामा एकपटक पाकिस्तानका जनरल परवेज मुशर्रफले गांगुलीसँग सोधेछन-‘कहाँ बाटखोज्यौ धोनि जस्तो खेलाडी ?’ जवाफमा गांगुलिले भनेछन-‘वाघा बोर्डरमा हल्लिंदै थियो भारतीय टिमले आफ्नो क्याम्पमा सामेलगराएका हौं ।’एउटाखेल सकिएपछीको पोष्ट प्रिजेन्टेशनका दौरान मुशर्रफले भारतीय टिमलाई बधाईदिंदै विषेशगरी धोनीलाई संबोधन गर्दै भने -‘ यू लुकगुड इन दिस हयरकट।’ मुशर्रफ त्यतिमा रोकिएनन उनले थपे यदी मैले भनेको सल्लाह मान्छौ भने -‘डोन्ट ह्याव अ हेयर कट ।’ 
भारतीय क्रिकेट टीम सन् २००६ ताका पाकिस्तान भ्रमणमा थियो,सौरव गांगुलीको कप्तानीमा पाकिस्तानमा म्याच खेलिरहेको थियो ।तीन म्याचको टेस्ट सीरीज आयोजक पाकिस्तानले १-०ले भारतलाई मात दियो अर्को पाँच म्याचको सिरिजभारतले ४-१ले आफ्नो पक्षमा ल्यायो । सीरीजको तेस्रो म्याच लाहौरको गद्दाफी स्टेडियममा भयो। 
पाकिस्तानले पहिले ब्याटिङ्ग गर्दै आठ विकेटमा २८८ रन बनायो ।जवाबमा भारत ४७.५ ओभरमा २९२ रन बनाउँदै ५ विकेटले विजयी भयो । त्यही म्याचमा महेन्द्र सिंह धोनीले ४६ बलमा १३ चौका सहित ७२ रन बनाए । सचिन तेंदुलकरले ९५ रन,युवराज सिंह नटआउट रहँदै७९ रन बनाए । म्यान अद दि म्याच धोनि भए, म्यान अफ दि सीरीज युवराज सिंह भएका थिए,त्यो त्यस्तो अवधि थियो भारतीय क्रिकेटर महेन्द्र सिंह धोनिको करियरको सुनौलो अवधि,धोनी उतिबेला आफ्नो खेलसँगै लामोस्टाईलिस्ट कपालका कारण संसारभरी चर्चामा थिए ।धोनिको त्यही कपाल देखेर पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफ प्रभावित थिए ।
पाकिस्तानका पूर्व विदेश मंत्री खुर्शीद कसूरीको पुस्तक ‘नाईदर अ हक,नर अ डव’ मा मुशर्रफ शासनकालका विषयमा फराकिलो गरीलेखेकाछन् ।
अलविदा मुशर्रफ !!



