‘जीवन बुझेपछि त सकिइहाल्यो नि!’

फाइल जीवन के हो ? यो प्रश्नमा धेरैले धेरै खाले उत्तर दिन्छन्। कसैले फ्याट्टै यो हो भन्दिन्छन्। कोही अलि सोचेर यसो वा उसो हो भन्छन् । हुन त यो प्रश्न आफैंमा अप्ठ्यारै हो । प्रसिद्ध रंगकर्मी, निर्देशक अनि आरोहण गुरुकूल र धेरै रंगकर्मीहरुका गुरु सुनीलपोखरेल भने आफूले जीवन नबुझेको बताउँछन्। भन्छन्, कहिले ‘यो होला कि’ जस्तो लाग्छ, केही समयपछि ‘होइन होला’ जस्तो लाग्छ। बुझेको छैन । थाहा पाएपछि, बुझेपछि त सकिइहाल्यो नि ! केगर्दैहुनुहुन्छअचेल, दैनिकीकसरीबितिरहेकोछ ? खासै केही छैन। घर बस्छु। अलिअलि पढ्छु। कहिले फिल्म हेर्छु। संक्रमणकोजोखिमकाकारणनाटकघरहरुबन्दछन्।रंगमञ्चमाकस्तोप्रभावपरेकोछ ? सबै क्षेत्रमा जस्तै रंगमञ्चमा पनि प्रभाव परेको छ। नाटकघरहरु बन्द छन्। रंगकर्मीहरु बेरोजगार। गतिविधिहरु ठप्प छन्। कुनैनयाँप्रस्तुतिकोतयारीहुँदैछकि ? लकडाउन अघि ‘मार्क्स फर्किए’ नाटकको नियमित प्रदर्शन गर्ने, काठमाडौं बाहिर केही शहरमा गएर प्रदर्शन गर्ने योजना थियो। हुन पाएन। अब अवस्था अलि सामान्य भएपछि त्यसो गर्ने विचार छ। नयाँ नाटक पनि गर्नुपर्नेछ। यतिबेलानाट्यकार्यशालाहरुपनिप्रभावितभएकाछन् ? प्रभावित भएका छन्। तर अब बिस्तारै सुरु गर्नुपर्छ। नेपालीरंगमञ्चकोपछिल्लोअवस्थालाईकसरीमूल्यांकनगर्नुहुन्छ ? पछिल्लो अवस्थालाई दुई किसिमबाट हेर्नुपर्छ जस्तो लाग्छ। संघीय राजधानीमा नाट्य समूहहरुले आफैंले निर्माण गरेका प्रशस्त नाटक घरहरु छन्। राजधानीबाहिर कतै बनिसकेका छन् र कतै बनिरहेका छन्। नियमित रुपमा नाटकहरु प्रदर्शन भइरहेका छन्, थिए। यसबाट नेपालमा गजबको नाट्य चेतना फैलिएको देखिन्छ। अर्कातिर नियमित प्रदर्शन गर्नुपर्ने दबावले होला सायद, नाटकको गुणस्तर अलि खस्किन थालेको देखिएको छ। आरोहणकोसक्रियताउत्कर्षमाभएकाबेलाजस्तोनेपालीरंगमञ्चकोअवस्थादेखिंदैन, किनयस्तोभएकोहोला ? आरोहणसँग सम्बद्ध भएकाले मैले यो प्रश्नको उत्तर दिनु सायद उचित हुँदैन। नयाँपुस्तारंगमञ्चप्रतिकत्तिकोआकर्षितछन्, कार्यशालाहरुबाटकस्तोअनुभवपाउनुभएकोछ ? नयाँ पुस्तामा मैले रंगमञ्चप्रति गहिरो आकर्षण देखेको छु। त्यो विभिन्न कारणले हुन सक्छ। सबै रंगमञ्चमै रहलान् नरहलान्, त्यो फरक कुरा हो। तर, आकर्षण देखिन्छ। घरपरिवारमासबैनाटकसँगसम्बन्धितहुनुहुन्छ, कस्तोवातावरणहुन्छ ? सहज खालकै वातावरण छ। काम गर्न सजिलो हुन्छ। कहिलेकाहिँ कामकै कारणले झगडा पनि पर्छ। यत्ति हो, कहिलेकाहिँ ढाँट्न मन लाग्छ वा ढाँट्नुपर्ने हुन्छ नि, त्यो मिल्दैन। एउटागतिलोनाटकमाकुनकुनपक्षकोप्रभावकारीभूमिकाहुन्छ ? सबै पक्षको महत्वपूर्ण भूमिका हुन्छ। आलेख, निर्देशन, अभिनय, प्रकाश, ध्वनि, मञ्च परिकल्पना, संगीत, दर्शक सबैको समग्र संयोजनबाट नै एउटा राम्रो नाटक तयार हुन्छ। प्रस्तुतिसकिएपछिकुनैनाटककोपात्रकोप्रभावआफूमाकतिसमयसम्मअनुभवगर्नुभएकोछ ? कुनै–कुनै नाटकका पात्रहरुले जीवनमा प्रभाव पार्छन्। अल्वेर क्यामुको ‘असम्बन्धित’ (द आउटसाइडर), बिजय तेन्दुलकरको ‘जात सोध्नू जोगीको’, इब्सनको ‘पुतलीको घर’ र ‘महान शिल्पी’ अनि ‘मार्क्स फर्किए’ नाटकका चरित्रले मलाई निजी जीवनमा दुःख दिएका छन्। त्यो प्रभाव कति र कहिलेसम्म रहन्छ, भन्न सकिंदैन। २०४५ सालतिर खेलेको ‘असम्बन्धित’ को पात्रले अहिलेसम्म दुःख दिइरहेको छ। नयाँपुस्तामानाट्यकलारसीपहस्तान्तरणगर्नेकुराकस्तोहो ? योस्वतःहुन्छकिअग्रजकाहिसाबलेकेहीगर्दैहुनुहुन्छ ? हरेक पुस्ता पछिल्लो पुस्ताभन्दा अगाडि जानुपर्छ। जान्छ। यो एउटा स्वाभाविक प्रक्रिया हो। म शिक्षक पनि हुँ। रंगकर्म पढाउँछु। युवा पुस्ताका साथीहरुसँग नाटक गर्छु। यो एक किसिमले ज्ञान र सीपको हस्तान्तरण नै हो। रंगमञ्चकोवृहत्अनुभवलाईलिपिवद्धगरेरआगामीपुस्ताकालागिमार्गदर्शनहुनेखालेकेहीकामगर्नेसोच्नुभएकोछ ? अहिलेसम्म त्यस्तो योजना छैन। खासमा म लेख्ने कुरामा साह्रै अल्छी छु। आग्रह छ, कहिलेकाहिँ मन पनि लाग्छ तर आँट आउँदैन। हेरौं…! नाटकखासमाकेहो ? म नाटक र जीवनमा खासै फरक देख्दिन। हरेकका निम्ति नाटकले फरक अर्थ राख्दो हो। मेरा लागि नाटक जीवनको अर्थ खोज्ने अनेकौंमध्ये एउटा प्रक्रिया हो। लामोसमयरंगमञ्चमाबिताउनुभएकोछ।अनेकपात्रहरुआफैंजस्तोअनुभूतिगरेररंगमञ्चमाबाँच्नुभएकोछ।जीवनखासमाकेरहेछ ? त्यही बुझ्नलाई न नाटक गर्छु नि ! कहिले ‘यो होला कि’ जस्तो लाग्छ, केही समयपछि ‘होइन होला’ जस्तो लाग्छ। बुझेको छैन। थाहा पाएपछि, बुझेपछि त सकिइहाल्यो नि ! सुनीलबारे… नेपाली रंगमञ्चमा सुपरिचित नाम हो सुनील पोखरेल। विराटनगरका स्कुल पढ्दैदेखि नाटकमा काम गर्न थालेका पोखरेल सन् १९८४ मा भारत, नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा नाटक सम्बन्धी अध्ययनका लागि गएका थिए। १९८७ मा त्यहाँको पढाइ सकेर फर्किए। दिल्ली जानु अघि नै स्थापना गरिएको आरोहण गुरुकूल नाट्य संस्था मार्फत् नाटकहरु प्रदर्शन गर्न थाले। आरोहणमा सरोज खनाल, बद्री अधिकारी, सूर्यमाला खनाल, निशा शर्मालगायत कलाकारहरु आवद्ध थिए। उनले नेपाली, भारतीय र अरु विदेशी नाटकहरुमा अभिनय र निर्देशन गरेका छन्। लगभग शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्युँझाएर निरन्तर नाटक गर्ने, यससम्बन्धी अन्तर्क्रियाहरु सञ्चालन गर्ने अनि नाट्य कार्यशालाहरु आयोजना गर्ने काम निरन्तर गरे। न्यायप्रेमी, पुतलीको घर, अग्निको कथा, चतुरेको दाउपेच, रसोमन, मिडनाइट समर सपना, घनचक्कर, याज्ञसेनी, जयमाया आफूमात्र लेखापानी आइपुगी, पुतलीको घर, जात सोध्नू जोगीको, इदमित्थम्, वनफूल, जेठो छोरा जस्ता चर्चित नाटक, टेलिफिल्म, सिरियल र चलचित्रहरुमा उनको योगदान छ। देशका विभिन्न जिल्लामा रहेका नाट्यकर्मीहरुलाई कार्यशालामा सहभागी गराएर नाट्यकर्मीहरुको संगठित सञ्जाल बनाउनमा पनि पोखरेलको योगदान छ । साभार – नेपालटचले शनिबार श्रावण १०, २०७७ प्रकाशित तस्बिर सहित