टिओबी समूहका तेन्जिङ दावा लामा दुई छुट्टाछुट्टै मुद्दामा धरौटीमा रिहा
काठमाडौं । जेनजी प्रदर्शनमा ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन्। घटनापछिको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनलाई पक्राउ गरी बयान लिए पनि अदालतको आदेशअनुसार धरौटीमा रिहा गरिएको हो।
प्रहरीका अनुसार, तेन्जिङ दावा लामा विरुद्ध नागरिकता, राहदानी तथा लिखतसम्बन्धी सम्भावित कसुरका साथै लागुऔषधसम्बन्धी मुद्दामा पनि अनुसन्धान गरिएको थियो। प्रारम्भिक अनुसन्धानपछि संकलित विवरणका आधारमा सरकारी वकिल कार्यालयले उनलाई आरोपित बनाउँदै सम्बन्धित अदालतमा अभियोगपत्र दायर गरेको थियो।
अभियोगपत्रमा लामामाथि कागजात दुरुपयोगको आशङ्का, कानुनी प्रक्रिया उल्लङ्घन गरेको दाबी तथा लागुऔषधसम्बन्धी अवैध क्रियाकलापमा संलग्नताको आरोप उल्लेख गरिएको स्रोतहरू बताउँछन्। यसपछि अदालतले मुद्दालाई दर्ता गरी आवश्यक सुनुवाइ प्रक्रियामा अगाडि बढाएको थियो।
सुरक्षा निकायका अनुसार तेन्जिङ दावा लामा तिब्बतीयन मूलका हुन्। उनले सन् २०१७ मा बौद्ध क्षेत्रमा ‘टिओबी ट्याटु हाउस’ नामक ट्याटु स्टुडियो स्थापना गरेको बताइन्छ। स्थानीय युवामध्ये लोकप्रिय मानिने उक्त स्टुडियो पछिल्ला वर्षहरूमा सामाजिक गतिविधिमा समेत संलग्न हुँदै आएको थियो।
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते तेन्जिङसँग सम्बन्धित समूहले बुलेट मोटरसाइकल हुइँक्याउँदै प्रदर्शन स्थल वरपर उच्छृङ्खल गतिविधि गरेको प्रहरीको दाबी छ। सो समूहको व्यवहारले सर्वसाधारणमा त्रास फैलाएको भन्दै सुरक्षाकर्मीहरूले त्यतिखेर स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए।
सम्बन्धित स्रोतहरूले ‘टिओबी’ शब्दको अर्थ “त्ष्दभतबल इचष्नष्लब िद्ययियम (तिब्बतीयन ओरिजिनल ब्लड)” भनेर व्याख्या गरिएको जानकारी दिएका छन्।



