१ श्रावण २०८३, शुक्रबार
डा.केसीमाथि गैरमानबीय ब्यवहार भएको संघको दाबी

विभिन्न माग राख्दै विगत ९ दिन देखि सत्याग्रहमा बस्नुभएका डा गोविन्द केसीमाथि गैरमानबीय ब्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले भत्सर्ना गरेको छ ।
संघले एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक मूल्य,मान्यता विपरित कानुनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा बिपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति गम्भिर दुःख व्यक्त गरेको छ ।
संघले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण सत्याग्रहमा रहेका डा केसीको मागलाई तत्कालै सम्बोधन गरी जीवन रक्षा गर्न सरकारसँग माग समेत गरेको छ।
दिउसो डा.केसीलाई ट्रमा सेन्टर लगिएपनि अहिले भने उहाँ डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिसक्नुभएको छ । अब डा केसीले टिचिङबाटै अनसन जारी राख्ने बताइएको छ।

Subscribe
Login
0 Comments



