१३ असार २०८३, शनिबार

डा.गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग सहित प्रदर्शन

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १३:०८ मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै आइतबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले केसीको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

डा. केसीले अघि सार्नुभएका कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । सात दिनदेखि अनशनमा बस्नुभएका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । गएराति केसीलाई अस्पताल लगिएको भए पनि उहाले स्वास्थ्य जाँच गर्न मान्नुभएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x