धर्ममा विश्वास नगर्ने राष्ट्र र त्यो देश चीन हो
चिनियाँ दलालका कारण मोरारी बापुको कार्यक्रम रद्द भएको छ। यो सोच्नुपर्ने विषय हो । दुई दिनअघिसम्म लुम्बिनीलगायत नेपालभर हिन्दू र बौद्ध धर्मावलम्बीहरू सँगै बस्दै आएका थिए । कसरी अचानक बौद्धहरूले विशुद्ध रूपमा गैर विवादास्पद हिन्दू गुरुको विरोध गर्न थाले। हाम्रा बौद्ध दिदीबहिनी र दाजुभाइलाई कसले भड्काइरहेको छ ? स्पष्ट रूपमा कुनै पनि धर्ममा विश्वास नगर्ने राष्ट्र र त्यो देश चीन हो। यी चिनियाँ एजेन्टहरूले हिन्दू र बौद्धहरू बीच दरार पैदा गर्न खोजिरहेका छन्। अब हिन्दू र बौद्धहरू एकजुट भएर यी चिनियाँ एजेन्टहरूलाई उनीहरूले कहिल्यै नबिर्सने पाठ सिकाउने समय हो।
अहिले सम्म यी चाइनिज दलालहरूले हाम्रो मुस्कुराएको अनुहार देखेका छन् तर अहिले महाकालका भक्तहरूको हातमा फरसा र त्रिशूल देख्नेछन् ।
हर हर महादेव। जय नेपाल।
समाजिक संजाल बाट श्रीन्युज =
भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले वाचन गर्ने रामकथा प्रवचन बुद्ध जन्मस्थल लुम्बिनीमा माघ २१ गते शनिबारबाट हुँदैछ । रामकथा वाचन लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा हुने र सबै तयारी पुरा भएको आयोजक राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका संयोजक एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले बताए ।
‘‘शुक्रबार बेलुका चार्टर्ड विमान मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आध्यात्मिक गुरु मुरारी बापु आउने र त्यहाँबाट सिधै मायादेबी मन्दिर जाने कार्यक्रम रहेको र शनिबारबाट कथावाचन प्रारम्भ हुने छ ।’’ अग्रवालले भने ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पल्ट हुन लागेको प्रवचनले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा मद्धत पुग्नेछ अग्रवालले भने । ९ दिनसम्म चल्ने प्रवचनमा नेपाल, भारत बाहेक विश्व भरबाट २ हजार बढी श्रद्धालु लुम्बिनी आउँदैछन् । ‘‘मोरारी बापूका फलोवर्सहरु यहाँ आउनुहुनेछ’, कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।’’ उनले भने ।
आध्यात्मिक गुरु बापू भारतलगायत विश्वभर प्रख्यात छन् । विश्वमा उनको करोडौं फलोवर्स भएको बताइन्छ । आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा हुने राम कथा प्रवचन ९१२ औँ हो । यस अघि उनले ९११ औं कथा वाचन गरिसकेका छन् । नेपालमा यस अघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ । त्यस अघि काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो ।
लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा बिरुवा लगाउने कार्यक्रम समेत रहेको छ । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका बापूले सबै धर्मका प्रमुख तीर्थ स्थलहरु एवम् प्रमुख स्थानहरुमा प्रवचन गर्दै आएका छन् ।
उहाँको अभियान अन्तर्गत भारतको बोध गया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने ।
उनका अनुसार कथा वाचन भएका क्षेत्रमा पर्यटन प्रवद्र्धन हुँदै आएको छ । ‘कारोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन विकासमा यो कार्यक्रम फलदायी मात्रै हुने छैन, व्यवसायीले यसबाट राम्रो लाभ लिनसक्ने, लुम्बिनी एवं यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिएको छ ।
कार्यक्रममा आउने श्रद्धालुलाई निःशुल्क भोजन गराइए पनि बास बस्नका लागि भने स्वयं श्रद्धालुले आफै व्यवस्थापन गरेका छन् । ‘‘दुई हजार श्रद्धालुले आफै खर्च तिरेर होटलमा बस्दा पक्कै पनि व्यवसायीलाई लाभ हुनेछ ।’’ अग्रवालले भने, ‘‘कति श्रद्धालु पहिलो पटक लुम्बिनी आउँदै छन्, उनिहरुले लुम्बिनीका बारे प्रचारप्रसार गर्दा पक्कै पनि भोलिका दिनमा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने छ ।’’ उनको भनाई थियो ।
आयोजक कमिटी सदस्य कृष्णकुमार जालानले लुम्बिनी क्षेत्रका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने बताए । ‘‘यसले लुम्बिनी प्रबद्र्धनमा ऐतिहासिक काम गर्ने छ ।’’ उनले भने, ‘कार्यक्रमको लाभ लुम्बिनीबासीले बर्सौंसम्म लिनेछन् ।’
यस अघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ । कथा वाचनमा नेपालका पनि विभिन्न ठाउँबाट श्रद्धालुहरुको उपस्थिति रहने आयोजकले जनाएका छन् । लुम्बिनीमा राम कथा वाचन हुने भए पछि यस क्षेत्रका सबैजसो होटलहरु बुकिङ भइसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । ज्ञवालीका अनुसार राम कथाप्रवचनको माध्यमबाट लुम्बिनीको विश्व पर्यटन बजारमा थप प्रवद्र्धन हुने बताए ।


