१२ कार्तिक २०८३, बुधबार

नयाँ बर्षमा पनि चिनियाँ बिमानको ताईवान् मा घुसपैठ जारी

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०३:२३ मा प्रकाशित

काठमाडौं । चीनले नयाँ वर्ष (सन् २०२२) मा अहिलेसम्मकै बढी ३० युद्धविमान ताइवानतर्फको आकासमा उडाएको छ । आइतबार राति चीनले २४ जे १६ फाइटर जेट र १० जे १० जेट र अन्य सहयोगी र विद्युतीय युद्धपोट ताइवानतर्फ उडाएको हो ।ताइवानको रक्षा मन्त्रालयले चिनियाँ लडाकु विमान घुसेपछि आफ्नै जेट उडाएको र ती विमानहरुको निगरानी गरेको बताएको छ ।

नेपाल-भारत सीमामा प्रदर्शन गर्न २ करोड ५० लाखभन्दा बढी लगानी


गत वर्षयता चिनियाँ सेनाले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्नो विमान उडाउँदै आएको छ । ताइवानले यसको तथ्यांक समेत राख्न सुरु गरेको छ । गत अक्टोबरमा सबैभन्दा बढी ५६ युद्धविमान चिनियाँ सेनाले ताइवानको वायु रक्षा क्षेत्रमाथि उडाएको थियो ।
गृहयुद्धका क्रममा सन् १९४९ मा चीन र ताइवान अलग भएका थिए । तर, चीनले अहिले आएर ताइवानलाई आफ्नो भुमी दाबी गर्न थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x