१ श्रावण २०८३, शुक्रबार

नाम्खामा चीनद्वारा सीमा मिचिएको वास्तविकता सार्बजनिक गर्न माँग

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार ०६:३२ मा प्रकाशित

हुम्लाको नाम्खामा पुगेको सीमा अध्ययन टोली सिमिकोट फर्किएको २४ घण्टा पुग्दा पनि वास्तविक विवरण सार्वजनिक नगरिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। 

नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न सो टोली पठाइएको थियो।

‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई कांग्रेसले हतारोको टिप्पणी भनेको छ। 

टोली सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय रहेको कांग्रेसको भनाइ छ।
 
कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ ‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो।’

नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको कांग्रेसको भनाइ छ। सीमाबारे अध्ययन टोलीको विवरण अविलम्व सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न कांग्रेसले सरकारसंग माग गरेको छ। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x