२८ माघ २०८२, मंगलवार

निर्वाचन प्रहरीको तालिम समापन कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२८ माघ २०८२, मंगलवार १९:०१ मा प्रकाशित

रुपन्देही –  प्रतिनिधी सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षार्थ मुख्य तथा बैकल्पिक उम्मेदवारबाट छनोट भएका निर्वाचन प्रहरीहरुको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा संचालन भएको १० (दश) कार्यदिन अवधिको निर्वाचन प्रहरी अनुशिक्षण तालिम रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाही, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका रुपन्देहीका अनुसन्धान निर्देशक प्रकाश आचार्य, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, तारादल गण ब्यारेक बुटवल रुपन्देहीका सेनानी दिपा खड्का लगायत जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति समापन कार्यक्रम सम्पन्न भयो ।
साथै निर्वाचन प्रहरी अनुशिक्षण तालिमको प्रशिक्षण संचालन भएका जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयहरुको समेत स्थानिय सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा अनुशिक्षण तालिम समापन भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x