१३ माघ २०८२, सोमबार

निवर्तमान उपमेयर कमरुदिन राई चर्चामा

एसीपी संवाददाता

११ माघ २०८२, शनिबार २०:२४ मा प्रकाशित

नेपालगन्ज – नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले चर्चामा हुनुहुनछ । सरल स्वभाव अनि मिलनसार वानीका कारण उहाँ सबैको मन-मनमा बस्न सफल हुनुभएको छ ।

नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उहाँ पदभन्दा जनताको सेवामा तल्लिन रहनुभयो । पदमा रहँदा उहाँले कहिलैै घमण्ड गर्नुभएन । ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने ।

सरल स्वभावका उहाँ निडर पनि उत्तिकै हुनुहुन्छ । गरिव, निमुखाको अधिकार र सेवामा खटिने उनी समाजसेवा गर्न रुचाउँनु हुन्छ । सामाजिक क्षेत्रमा लगाव भएका उहाँ१९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिनुभयो, तर उहाँले पद र शक्तिलाई कहिल्यै चासो दिनुभयो । जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नम्बर २ को मुहार फेर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को बाँके जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालीसकेका उहाँ जसपाको केन्द्रिय सचिव हुनुहुन्छ । जसपा नेपालको जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभा चुनावमा पार्टीका उम्मेदवारले जित्नुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए ।

कमरुद्दिन नेपालगन्जमा मात्रै नभई समग्र बाँके जिल्लामा एउटा परिचित नाम हो । युवाहरुको रोजाईमा पर्न सफल र युवाहरुका लागि भविष्यको सम्भावना बोकेका नेता हुन्,’ नेपालगन्ज उपमहानगरपालिका ७ का एक मतदाताले भने । जनता समाजबादी पार्टी नेपाल (जसपा) भित्रको उदाउँदो नेताका रुपमा परिचित उहाँ केवल नमका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित हुनुहुन्छ ।

‘बाँके क्षेत्र नम्बर २ को समग्र विकासका लागि उपमेयरको पद त्यागेर संसदिय निर्वाचनमा होमिएको छु,’ उहाँले भन्नुभयो । उहाँ यस्ता उम्मेदवार हुनुहुन्छ, जससलाई अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले समेत साथ दिँदैछन् । नेपालगन्जको विकास र सेवामा प्रत्यक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभई समग्र बाँके जिल्ला भित्र रहेका सम्पूर्ण समुदायको चेतना स्तर उठाउन भूमिका खेल्ने उम्मेदवार हुनुहुन्छ ।

उहाँको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । राज्यद्वारा पछाडि पारिएका समुदाय र उहाँहरुको अधिकारको विषय नै राजनीतिक जिवनको लक्ष हो,’ उहाँले भन्नुभयो, ‘समाजसेवा र राजनीति बुझेको दिनदेखि जस्तो सुकै अवस्था आएपनि कहिलै डगमगाउँदैन ।’

कोभिड १९ ले थलिएको बेला दिनरात नभनी जनताको काममा खटिनुभएको थियोे । उहाँ जनताका काममा खटिएकै कारण जनताको प्रिय बन्नुभएको छ । राजनीतिक यात्रालाई असफल बनाउन विपक्षीहरुले खेल खेले पनि जनताको चाहना अनि हिम्मतले गर्दा उहाँलाई यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत मिलेको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x