नेपालगञ्जमा ५९३औँ ‘तरही गजल’ गोष्ठी आयोजना हुने
नेपालगञ्ज — गुलजार-ए-अदब, नेपालगञ्जको आयोजनामा मासिक रूपमा हुँदै आएको ‘तरही गजल’ गोष्ठीको ५९३औँ श्रृंखला शनिबार आयोजना हुने भएको छ। साहित्यिक चेतना र उर्दू गजलको प्रवर्द्धन गर्ने उद्देश्यसहित हुँदै आएको यस कार्यक्रममा यस पटकको मिसरा-ए-तरह “अब भी जलता शहर बचाया जा सकता है” निर्धारण गरिएको छ।
कार्यक्रम २०८२ मंसिर २७ गते (शनिबार) बिहान ९:३० बजेदेखि दिउँसो १२:०० बजेसम्म नेपालगञ्जस्थित महेंद्र पुस्तकालयमा हुनेछ। गोष्ठीमा विभिन्न क्षेत्रका गजलकार तथा साहित्यकारहरूले निर्धारित तरहमा आधारित आफ्ना गजल प्रस्तुत गर्नेछन्।
आयोजक संस्था गुलजार-ए-अदब, नेपालगञ्जका अनुसार यस्ता मासिक साहित्यिक गोष्ठीहरूले उर्दू साहित्यको संरक्षण, नयाँ सर्जकको उत्साहवर्द्धन र सिर्जनात्मक संवादलाई निरन्तरता दिँदै आएका छन्। आयोजकले साहित्यप्रेमी, विद्यार्थी र इच्छुक सबैलाई कार्यक्रममा उपस्थित भई साहित्यिक कार्यक्रमको शोभा बढाउन अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९८४८०२३९९७ र ९८४८०६७६३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।



