२८ माघ २०८२, मंगलवार

नेपाल आर्मी पहिलो ; पाकिस्तानी सेना जित्न सकेन ?

एसीपी संवाददाता

२८ माघ २०८२, मंगलवार १९:१८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।

पाकिस्तानमा सञ्चालन भएको नवौं पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा १७ राष्ट्रका ३८ टोली सहभागी थिए । २२ माघदेखि २४ माघसम्म चलेको उक्त प्रतियोगितामा नेपाली सेनाको टोली प्रथम भएको हो ।

सैन्य अभ्यासमा सहभागी टोलीहरुबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रण कौशललगायत दक्षताहरु परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तराष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा स्वर्ण पदक जितेको थियो । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x