२५ चैत्र २०८२, बुधबार

प्लान इन्टरनेशनल नेपालद्वारा सहयोग प्राप्त साझेदार संस्थाहरूबीच अन्तर–संस्था समन्वय बैठक

एसीपी संवाददाता

२४ चैत्र २०८२, मंगलवार ०७:४९ मा प्रकाशित

बर्दिया । प्लान इन्टरनेशनल नेपालद्वारा सहयोग प्राप्त साझेदार संस्थाहरूबीच जिल्ला स्तरीय अन्तर–संस्था समन्वय बैठक बर्दिया जिल्लामा सम्पन्न भएको छ । बैठकको उद्देश्य साझेदार संस्थाहरूबीच सहकार्य सुदृढ बनाउने, समन्वय प्रभावकारी बनाउने तथा समुदाय स्तरमा सञ्चालन भइरहेका परियोजनाहरूको समग्र प्रभाव बढाउने रहेको जनाईएको छ ।

प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा उहाँले साझेदार संस्थाहरूबीच नियमित संवाद र प्रभावकारी सहकार्यको आवश्यकता औंल्याउँदै कार्यक्रमको प्रभावकारिता बढाउन समन्वय महत्वपूर्ण रहेको बताउनुभयो ।

यसैगरि बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकी, राधा कृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेल, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान बी.के., फाइनान्स म्यानेजर रमेश खत्री, शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापा, विशेषज्ञ हसरत अली, बाँके युनेस्को क्लबका बोर्ड सदस्य भावुक जंग थापा र मीना चौधरी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, परियोजना संयोजक ईश्वर बी.के. तथा राज कुमार खड्का, परियोजना अधिकृत राधेकृष्ण थारु, आरकेजेएसका कार्यक्रम संयोजक मनोज पौडेल तथा परियोजना अधिकृत राजेन्द्र चौधरीलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरूले परियोजनाहरूबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए । फिल्डस्तरका कर्मचारी र साझेदार संस्थाहरूबीच समयमै सूचना आदान–प्रदान गर्नुपर्ने, कार्यक्षेत्रको म्यापिङ गरेर दोहोरो काम हुन नदिने तथा समन्वित रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा विशेष छलफल गरिएको थियो ।

विशेषगरी बालिका शसक्त परियोजना अन्तर्गत स्पोन्सर परिवार र बालबालिकालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । त्यसैगरी स्थानीय सरकारसँग नीति निर्माण तथा योजना प्रक्रियामा सहकार्य सुदृढ गर्नुपर्ने, स्थानीय स्तरमा कार्यप्रणालीलाई प्रभावकारी बनाउने, सामग्री वितरणलाई व्यवस्थित गर्ने तथा स्रोत साधनको सही प्रयोग सुनिश्चित गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । परिणाममा आधारित प्रतिवेदन, प्रमाणसहितको रिपोर्टिङ, प्रभावकारी डाटा व्यवस्थापन तथा व्यवस्थित दस्तावेजीकरणमा पनि विशेष जोड दिइएको थियो ।

बैठकमा किशोरी समूह, बाल क्लब, नागरिक समाज, धार्मिक अगुवा, बडघर सञ्जाल तथा सञ्चारमाध्यमलाई परिचालन गर्दै अभियानमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै “एक घर, एक पढ्ने कुनो” अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने तथा बालविवाह रोकथाम र युवामा लागुऔषध दुव्र्यसन नियन्त्रणजस्ता सामाजिक विषयहरूमा संयुक्त पहल गर्नुपर्नेमा सहमति भएको थियो ।

कार्यक्रमको सहजीकरण मनोज पौडेल, गोविन्द प्रसाद लामिछाने र झलकमान बी.केले गर्नुभएको थियो । बैठकले आगामी दिनमा यस्ता समन्वय बैठकहरू नियमित रूपमा सञ्चालन गर्ने सहमति समेत गरेको छ भने आगामी बैठक वैशाख ४ गते बाँके यूनेस्को क्लबको कार्यालयमा आयोजना गर्ने निर्णय पनि गरिएको जनाइएको छ । सो बैठक बाँके यूनेस्को क्लब, आरकेजेएस र बी ग्रुपको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै यज्ञराज पोखरेलले दिगो विकासका लक्ष्य हासिल गर्न साझेदार संस्थाहरूबीच निरन्तर सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x