२९ मंसिर २०८२, आईतवार

यौमे विलादत (जश्ने ईद–ए–मीलाद) को खुशीमा नेपालगञ्जका विभिन्न मस्जिदहरूले गरिब तथा असहाय लाई कम्बल वितरण

एसीपी संवाददाता

२७ मंसिर २०८२, शुक्रबार १५:५१ मा प्रकाशित

नेपालगञ्ज, — २० जमादिल आखिरको अवसरमा यौमे विलादत (जश्ने ईद–ए–मीलाद) को खुशीमा नेपालगञ्जका विभिन्न मस्जिदहरूले गरिब तथा असहाय समुदायलाई कम्बल वितरण गरेका छन्।

आज नेपालगञ्जस्थित जामा मस्जिद, गौसिया मस्जिद र मदिना मस्जिदमा विशेष सामाजिक–धार्मिक कार्यक्रमको आयोजना गरी शीतलहरबाट प्रभावित परिवारहरूलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रम “सैयदा काइनात फातिमा जाहेरा सलामुल्लाह अलैहा” को विलादतको खुसीमा सम्पन्न गरिएको थियो।

कम्बल वितरण कार्यक्रम केन्द्रीय मोहम्म पर्र्व तथा करबला व्यवस्थापन समिति, नेपालगञ्ज–बाँके को संयोजनमा सम्पन्न भएको हो।

आयोजक समिति अनुसार,
“शीतलहरका कारण कठिनाइ भोगिरहेका नागरिकहरूलाई सहयोग पुर्‍याउँदै यौमे विलादतको खुशी बाँड्ने उद्देश्यले कम्बल वितरण गरिएको” बताइएको छ।

स्थानीय मुस्लिम समुदाय तथा मस्जिद समितिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्षजसरी यस वर्ष पनि सहयोग निरन्तरता दिएको जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x