लुम्बिनीमा तेस्रो भारत नेपाल सांस्कृतिक महोत्सव
लुम्बिनीमा तेस्रो भारत नेपाल सांस्कृतिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर; भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर @AmbMunu; लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र @IndiaInNepal का नियोग उप-प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गर्नु भएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा @iccr_hq द्वारा समर्थित भारत बाट आएको छ सदस्यीय समूहद्वारा प्रस्तुत गरिएको बौद्ध विषयवस्तुमा आधारित मंत्रमुग्ध ओडिसी नृत्य र नेपाली ब्यान्ड ‘घुगु मुगु’ द्वारा परम्परागत संगीत प्रस्तुति थियो।
कार्यक्रम @IndiaInNepal र लुम्बिनी विकास कोषद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो।
यस महोत्सवको एक हिस्साको रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया-नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको एक शैक्षिक गोष्ठी पनि आयोजना गरिएको थियो । यस गोष्ठीले भारत नेपाल का प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले दुई देशमा बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वको बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गरेका थिए।




