३० मंसिर २०८२, सोमबार

नेपालगंज फत्तेबाल आँखा अस्पतालको आयोजनामा ८ नम्बर शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर

एसीपी संवाददाता

३० मंसिर २०८२, सोमबार १६:२८ मा प्रकाशित

नेपालगंज – नेपालगंज फत्तेबाल आँखा अस्पतालको आयोजनामा निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएको छ ।

नेपालगंज उप-महानगरपालिकाको समन्वयमा ८ नम्बर वडाको शहरी स्वास्थ्य केन्द्रमा नेपालगंज फत्तेबाल आँखा अस्पतालले पौष ४ गते शुक्रवार एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने भएको हो । सो बारेमा थप जानकारी का लागि कार्यालयमा आएर सम्पर्क गर्न हुन कार्यालयले अनुरोध गरेको छ ।

नाम दर्ता गराउन का लागि बिहान १० बजे देखि दिउँसो २ बजे सम्म , महेन्द्र पार्क नजिकै शहरी स्वास्थ्य केन्द्र ८, शिविर सम्पर्क राख्न अनुरोध गरेको छ । स्वास्थ्य शिविरमा ,निःशुल्क नाम दर्ता , निःशुल्क दृष्टि जाँच र आँखा जाँच , आवश्यक औषधी निःशुल्क , मोतिबिन्दुको अप्रेशन अस्पतालमा निःशुल्क हुने छ ।

कार्यालयले दिएको जानकारी अनुसार प्रयोगशाला जाँच शुल्क वापत रु १०००/- मात्र लाग्ने अन्य सेवा निशुल्क रहने अध्यक्ष रजनिश बाजपेयीले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x