१२ कार्तिक २०८३, बुधबार

दलित मुक्तिको आंदोलन , सामुदायमा सम्मानपुर्वक बाँच्नु पाउनु पर्छ

एसीपी संवाददाता

१ माघ २०७८, शनिबार ०२:१६ मा प्रकाशित

दलितहरु जन्मिए देखि नै जीवनमा संघर्ष गर्नुपर्ने समुदायका रुपमा परिचित छन । समाज र राष्ट्रका लागि उनको योगदान हरेक तवरले उच्च हुन्छ तर मेहनतको कदर भएको कहीं पाईदैन । र तिनको अधिकारका लागि भनिएको अनेकौ आंदोलनहरुले केहि सीमित नेताहरु बनाउनु बाहेक केही गरेको पनि देखिदैन ।

यहि सन्दर्भमा दलित मुक्तिका लागि भनेर आंदोलनको बिगुल फुक्ने तयारी हुंदै गरेको खबर सार्वजनिक भएको छ ।

राष्ट्रीय दलित मुक्ति जागरण अभियान नेपालले यहि मिति २०७८ पौष २५ गते आईतवार , जातिय तथा सामुदायिक प्रतिष्ठा र सम्मान का लागि आंदोलन गर्ने घोषणा गर्दै छ । दाङ्गको घोराही बाट शुरु गर्दै यसको प्रभाव देशभरि फैलाउन तयारी भैरहेको जानकारी गराईएको छ ।

अभियानको नेतृत्व जिल्ला संयोजक श्री केशव  नेपाली ले पाएका छन । आफ्नो अधिकार र समाजमा सम्मानित जिवनयापनको सहज वातावरण बनाउन पनि चुनौतीपूर्ण रहेको उनिहरुको भनाई छ । अभियानका सुदुर पश्चिम  संयोजक खगेन्द्र सुनारले दलितको अधिकार मागेर नपाईने भन्दै अब सशक्त रुपमा कड़ा आंदोलनको पृष्ठभूमि आवश्यक रहेको बताउनु भयो  ।

राज्यपक्षबाट भैरहेको असीमित भेदभाव न्युनिकरण को प्रभावहिनता बाट पनि दलित अगुवाहरु चिंतित छन । आर्थिक र सांस्कृतिक धरोहरका धनि दलित समुदाय नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका मा छन । र दलित मुक्तिका लागि एकजुटता को अह्वान गर्दै आयोजना भैरहेको कार्यक्रमले आगामि कार्यदिशा पनि तय गर्ने भनिएको छ ।

सचेत होऔं, संगठित होओं र संघर्ष गरौं भन्ने नारा का साथ नेपाली दलित समाजमा जागरुकता ल्याउने प्रयास गरिने छ । दलित अगुवाहरुले आफ्नो सांस्कृतिक विरासतलाई पनि संवर्धन का लागि पहल गर्नु पर्ने भनेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x