१२ कार्तिक २०८३, बुधबार
मधेसी जनताले मन्त्री रेणु यादवको फुर्तिलाई पारे तहसनहस , कालो झण्डा देखाउदै धपाए
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव सरुवा बढुवा तथा नियुक्तिमा आर्थिक चलखेलका कारण विवादमा छिन् ।
आफ्नो पार्टीका अध्यक्षलाई समेत नटेरेर उनी आर्थिक असुलीमा चुर्लुम्म डुबेकी छन् । यसैक्रममा रेणु बुधबार तराई मधेस भ्रमणका निस्किइन् । झण्डा हालेर मधेस छिर्दा उनलाई मधेसी जनताले रोकेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन आएकी रेणुलाई मधेसी जनताले बाटोमै रोकेका हुन् ।
यसक्रममा रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका समर्थक र सुरक्षाकर्मी बिच झडप भएको छ । आज बलिदानी दिवसको अवसरमा जसपाद्वारा आयोजित कार्यक्रममा तर मन्त्री यादवलाई पुग्न नदिन जनमत पार्टीको नेता कार्यकर्ताद्वारा सडक प्रदर्शन गरेका हुन् ।
Subscribe
Login
0 Comments


