१२ कार्तिक २०८३, बुधबार

भारतको कश्मीरमा जैश कमाण्डर जाहिद वानीसहित ५ आतंकवादी मारिए

एसीपी संवाददाता

१९ माघ २०७८, बुधबार ०६:५४ मा प्रकाशित

नयाँ दिल्ली: जम्मू-कश्मीरमा सुरक्षाकर्मीले पछिल्लो १२ घन्टामा आतंकवादी संगठन लश्कर-ए-ताइबा र जैश-ए-मोहम्मदका ५ आतंकवादीको हत्या गरेका छन्। मारिएका आतंकवादीहरूमा आतंकवादी संगठन जैश-ए-मोहम्मदका कमाण्डर जाहिद वानी र एक पाकिस्तानी आतंकवादी पनि छन्।

कश्मीरका आइजीपीले यसलाई सुरक्षा बलका लागि ठूलो सफलता भनेका छन् । जम्मू कश्मीरका डीजीपीले शनिबार राती बडगाम जिल्लाको चरारेश्रीफ र पुल्लामा जिल्लाको नाइरामा सुरक्षा बलहरूले अपरेशन गरेको बताएका छन्। सोही क्रममा बडगाममा एकजना र पुलवामा ४ आतंकवादीको मृत्यु भएको हो।

मारिएका जाहिद मंजुर वानी जम्मु काश्मीरका शीर्ष जैश कार्यकर्ताहरुमध्येका एक हुन् । जाहिद लेतपूरा घटनामा संलग्न थिए। जसमा १४ फेब्रअरी २०१९ मा ४० बढी सीआरपीएफ जवानहरु मारिएका थिए।

जम्मू कश्मीरमा शनिबार आतंककारीहरुले एकचोटी फेरी आतंक मच्चाउने प्रयास गरेका थिए। कुलगाम जिल्लामा एक प्रहरीको हत्यापछि आतंकवादीहरुले अबुलवामाको नाइरा क्षेत्रमा सुरक्षा बलमाथि गोली चलाएको छ। ठूलो संख्यामा सेना,पुलिस र सीआरपीएफ टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो।

शनिबार साँझ नै आतंकवादीहरुले कुलगाम जिल्लाको हसनपोरामा हेड कन्स्टेबल अली मोहम्मद घानीको गोली हानी हत्या गरेका थिए। उनी कुलगाम प्रहरी चौकीमा तैनाथ थिए। प्रहरीलाई गोली  लागेपछि सुरक्षाकर्मीले सो क्षेत्रलाई पूर्णरुपमा घेराबन्दी गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x