१२ कार्तिक २०८३, बुधबार

पाकिस्तान लवीका पत्रकारबीच यस्तो भनाभन

एसीपी संवाददाता

२६ माघ २०७८, बुधबार ०३:२६ मा प्रकाशित

नेपाल वाच मल्टिमिडिया प्रालिको लगानीका विषयमा प्रश्न उठेको छ। सात महिना अघि नै लगानी र स्वामित्वको विषयमा प्रश्न उठेपनि प्रालिले यो विषयलाई पन्साउँदै आएको थियो। तर, पछिल्लो समय ब्यवस्थापन र सम्पादकिय टिममा खटपट भएपछि लगानीको विषय फेरी चर्चामा आएको छ।

जानकारहरुका अनुसार अध्यक्ष रहेका पुष्प ढुङ्गाना मिडिया सञ्चालन गर्ने आर्थिक हैसियतका ब्यक्ति होईनन्। उनलाई कसैले परिचालन गरेको र अदृष्य लगानी रहेको उनकै मित्रहरु वताउँछन्। यसअघि नेपाल वाच मण्टिमिडिया प्रालीको सञ्चालक रहेका व्यवसायीले अहिले नेपाल वाच छोडिसकेका छन् । उनी गत साउन/भदौ अगाडि नै नेपाल वाचबाट अलग भएका हुन । अहिलेका अध्यक्ष ढुङ्गानाले आफै मालिक वन्ने योजना अनुसार तत्कालिन अध्यक्षलाई भगाईएको आरोप समेत कतिपयले लगाउने गरेका छन् ।

यो अनलाईनको लगानीको विषयलाई लिएर गत असारमै माई सञ्चार डटकमले प्रश्न उठाएको थियो। लाजिम्पाट ठेगाना राखेर सञ्चालन गरिएको ‘नेपाल वाच डटकम’ मा ठमेलका सोझा ब्यवसायीलाई प्रयोग गरेर तत्कालिन कार्यकारी सम्पादक पुस्प ढुङ्गाना, समाचार सम्पादक माधव वस्नेत र कर्पोरेट रिलेशनसिप म्यानेजर अमृत ढकालले रजाईँ गरेको भन्दै माई सञ्चारले उल्लेख गरेको थियो।

समाचार सम्पादक वस्नेतलाई माआवादीका पुर्व गुरिल्ला भन्दै उनीहरु तीनै जनालई पाकिस्तानी दुतावाससँग नजिक रहेको समाचारमा उल्लेख गरिएको थियो। माई सञ्चार डटकमा उक्त समाचार प्रकाशित भएपछि ढुङ्गाना, वस्नेत र ढकालले तीन पन्ने खण्डन पठाएका थिए ।

उक्त खण्डन पनि माइसञ्चारले जस्ताको तस्तै छापेको थियो। उनीहरुले आफुहरु पाकिस्तानी दुतावासवाट परिचालित नभएको र पैसा पनि नलिएको दावी गरेका थिए। वस्नेले भने आफु पहिला माओवादीमा रहेको स्विकार गरेका थिए।

अनलाईमा सञ्चालकको नाम नराखेको तथा कार्यालयमा अनलाईनको वोर्ड समेत नराखेको विषय पनि उनीहरुले पठाएको खण्डनमा स्विकार गरेका छन्। यस अघि उनीहरुले ‘हाम्रो ठेगाना गुगलमा छ’ भन्दै आम पाठक र सरोकारवालालाई भ्रममा पार्ने काम गरेको माईसञ्चारले उल्लेख गरेको थियो ।

भारत र पाकिस्तान लवीका पत्रकारको जुहारी
श्रोतका अनुसार माई सञ्चार डटकम भारतीय लवीका पत्रकार र नेपाल वाच पाकिस्तान लविका पत्रकारले सञ्चालन गरेको मिडियाको रुपमा चिनिने गरेको छ। तर, दुवै मिडियाका सञ्चालकले भने यो विषय अस्विकार गर्ने गरेका छन् ।

यी दुवै मिडियाले आ–आफनो लवि अनुसारका समाचार सामाग्री प्रकाशित गर्दै आएको जानकारहरु वताउँछन्। सामान्यतयाः पत्रकारहरु स्वतन्त्र हुनुपर्ने र पीडित तथा राज्यबाट पछाडि पारिएका नागरिकको पक्षमा कमल चलाउनु पर्ने मान्यता छ। तर, पछिल्लो समय पत्रकारहरु पनि स्वतन्त्र छैनन भन्ने कुरा यी घट्नाहरुले पुष्टि गरेको छ।

ढुङ्गाना, वस्नेत र ढकालले माई सञ्चार डटकममा पठाएको खण्डन यस्तो छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x