१२ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधवलाई देउवाको चेतावनी– एमसीसी पास गर्ने अरु विकल्प पनि छ

एसीपी संवाददाता

१ फाल्गुन २०७८, आईतवार ०२:१३ मा प्रकाशित

आफुले चलाएको अस्त्र आफैतिर फर्केपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भारी परेको छ। तत्कालीन नेकपाका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनीहरुले प्रयोग गरेको एमसीसीको अस्त्र अहिले उनीहरु तिरै फर्केको छ।

नेकपा कालमा पार्टीबाहिर समेत ओलीलाई बदनाम गर्न एमसीसीलाई यी नेताहरुले अनावश्यक रुपमा गिजोलेको आरोप छ । प्रधानमन्त्रीसँग मिलेर प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुमाथि लागेको आरोप जवरजस्त रुपमा अगाडि आएको छ। जनमानसमा मात्र होईन, प्रचण्ड पार्टी भित्रै जवाफ दिन नसक्ने अवस्थामा छन्।

तै, पनि पार्टी महाधिवेशनले एमसीसी संसोधन गरेर मात्र पारित गर्ने निर्णय गरेपछि प्रचण्ड चल्नु न चट्पटाउनुको अवस्थामा छन् । उनी संशोधन गरेर पारित गर्नु पर्ने पक्षमा छन् भने माधव नेपाल एमसीसीको विपक्षमा छन् ।

यसैविचमा प्रधानमन्त्री देउवाले शनिवार दुवै नेतालाई छलफलमा वोलाए। तर, उनीहरुले प्रधानमन्त्रीलाई सहज वनाउने भन्दा पनि उल्टै दुई वटा विकल्प दिएर जिम्मेवारीबाट फुत्किन खोजे। एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न उनीहरुले प्रहिलो प्रश्ताव गरे। चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमानेको देउवाको व्रिफिङपछि एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्न पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमानउ पनि नपाउने दोस्रो प्रस्ताव ल्याए।

तर, यो प्रस्तावमा पनि देउवा तयार नभएपछि र दाहाल र नेपाल आ–आफ्नै अडानमा रहेपछि गठबन्धनमै प्रश्न उठ्ने गरी देउवाले चेतावनी दिएर पठाएको बालुवाटार श्रोतले जनाएको छ। छलफलमा ‘तपाईहरुले साथ दिनु हुन्न भने मसँग अरु पनि विकल्प छन्, एमसीसी यसै सदनबाट पारित हुन्छ’ भनेर देउवाले जवाफ दिएको वताईन्छ।

सत्ता गठबन्धनका कांग्रेस र जसपा एमसीसी पारित गर्न तयार छन् तर त्यो संख्या अपुग हुने भएकाले एमालेसहितको साथ लिएर एमसीसी पारित गर्ने प्रधानमन्त्रीको मनसाय रहेको कांग्रेसका नेताहरु वताउँछन् । यसका लागि देउवाले गठवन्धन भत्काउनु पर्नेछ।

एमालेले एमसीसीलाई गठवन्धन तोड्ने अस्त्रका रुपमा लिएको स्पष्ट छ। एमाले अध्यक्ष ओलीले गठवन्धन तोडेर आए एमसीसी पास गर्न सघाउने सार्वजनिक रुपमै वताएका छन् । यता प्रचण्ड र माधव भने तीन वटै चुनावमा कांग्रेससँग गठबन्धन गर्न चाहान्छन्। एक्लै चुनाव लड्दा एमाले र कांग्रेसले मात्रै चुनाव जित्ने र अरु दलको अवस्था कमजोर हुने उनीहरुको वुझाई छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x