१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानः बलुचिस्तानको सिबीमा आत्मघाती बम आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो

एसीपी संवाददाता

६ चैत्र २०७८, आईतवार ०६:०२ मा प्रकाशित

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको सिबी जिल्लामा भएको विस्फोटमा कम्तीमा पाँच सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका थिए । राष्ट्रपति आरिफ अल्वीले वार्षिक सांस्कृतिक महोत्सवमा भाग लिन गएका बेला उक्त आक्रमण भएको थियो ।
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानमा लामो समयदेखि हिंसात्मक विद्रोह भइरहेको छ। बलुच विद्रोही समूहहरूले यसअघि चीन(पाकिस्तान इकोनोमिक करिडोर (सिपिइसी) परियोजनाहरू र यस क्षेत्रमा सुरक्षाकर्मीहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेका छन्।

राष्ट्रपति अल्वीले सिबीमा महोत्सवमा भाग लिएको ३० मिनेटपछि विस्फोट भएको हो, आतंकवाद विरोधी विभागका अधिकारी हाफिज रिन्दलाई उद्धृत गर्दै डन अखबारले बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x