४ असार २०८३, बिहीबार

ठूलो संख्यामा हुनसक्ने जसपाको बिभाजनलाई रोक्न उपेन्द्र यादवको यो कदम – जेपि

एसीपी संवाददाता

२२ असार २०७९, बुधबार २१:०० मा प्रकाशित

माधव नेपालको पार्टी पछि उपेन्द्र यादवको जसपाले केही मंत्रीहरूलाई बदलेको छ। हटाईएका र नयाँ पठाईएका दुबै पुरानै हुन्। जनतामा देखिईने अनुहारको आधारमा र पार्टीको आन्तरिक जीवनको निर्वाहमा-दुबै रूपमा।

मंत्री बन्नका लागि महेन्द्र यादब यस अधि महन्थ जीहरूलाई धोका दिएर उपेन्द्रसंग लागे। अब डा. बाबुराम भट्टराईसंग लागेर अन्त कतै जालान्। रेणु यादबको नेतृत्वमा पर्साका प्रदीप यादव, बाँकेका इस्तियाक राईहरू सात जना एमाले प्रवेश गर्न पाईला सारेका थिए। महन्थ-राजेन्द्र जीहरूले मध्य रातमा बेरित पूर्वक पार्टी एकिकरण गरेर जसपा बनाए।

रेणुहरूको यस व्यवहारबाट चिढिएका उपेन्द्रले रेणुलाई मंत्री बनाए, प्रदीपलाई कारवाही समेत गरेर र इस्तियाकलाई लामै समयसम्म छेउकिनारमा राखे। यिनीहरूका अतिरिक्त केही अरूहरू हाल डा. बाबुरामसंग मिलेर अन्यत्र लाग्ने निश्चित भएपछि ठूलो संख्यामा हुनसक्ने जसपाको बिभाजनलाई रोक्न उपेन्द्रले अहिलेका कदम चालेका हुन्। 

रेणु र प्रदीप मध्ये कुनै एक मंत्री रहेमा शायद अर्काले पार्टी छोडदैनन्। पार्टी छोडनाका लागि दुबै मंत्रीबाट बाहिर हुनुपर्छ। थप मृगेन्द्र सिंह यादब पनि मंत्री भएको हुनाले पार्टी छोडेर जाने ठिनेमिनेहरू तेही थन्किने छन्। अशोक राईको उपेन्द्रसंग रहिरहने कुनै ठोस कारण छैन। पार्टी छोडनाका लागि दशौं पटक डा. भट्टराईसंग गलबहिया गरेका अशोक अहिले उपेन्द्रसंग रहनुले कुनै सार्थक संकेत दिदैन। उपेन्द्रले राजेन्द्र श्रेष्ठलाई मंत्री बनाई रहने भनेर एउटै बिरादरीमा अशोकलाई एक्ल्याउन सफल भए। पार्टी परित्यागमा राजेन्द्रले अशोकलाई साथ नदिए एक्लो अशोक बडो अपमानित भएर कतै जानु पर्थ्यो। रकम चेम्जोंगहरू १/२ जना अशोकसंगै लागेर कतै गएपनि अशोकको कुनै हैसियत हुनेछैन। यसैले अशोक जतिनै अपमानित हुनु परेपनि तेही छुट्याई दिएको मानो थाप्नुको बिकल्प छैन।

डा. बाबुराम यसै क्रममा केही भ्यागुताहरूलाई पर्खी बसेका छन्। हुनसक्छ २/४ वटा उनको हात पर्नेछ। मधेसबासी हुँ, कसै कसैले सोधेपनि, मैले यी सब कुराहरूलाई कसरी हेर्दछु भनेर। यति मात्रका लागि यो लेखेको हुँ। मेरो बिचारमा आफ्नो पार्टीलाई फुटाउनका लागि सदा स्वयं उत्प्रेरक रहेका उपेन्द्र यादब अहिलेको काम गरेर केही कालको लागि ठूलो संख्याको बिभाजनलाई जोगाएका मात्र हुन्। बाबुराम जीको तरफबाट त बिभाजन भै नै सकेको छ, यसमा बढी संख्याको मानिसहरू न जाऊन यसमा केही समयका लागि उपेन्द्र सफल भएका छन्। यद्यपि उपेन्द्रको अवस्था त कस्तो हुन गयो भने रेणु-इस्तियाक र प्रदीपहरूले दिएको पानी पनि जाँचबुझ गरेर मात्र पिउने होला-केही घातक तरल पदार्थ मिसाई दिएछन् कि भनेर।

सत्ताका लागि कसैलाई पनि धोका दिन सक्ने – उपेन्द्र

मधेस केन्द्रीत सब भन्दा ठूलो, संगठित, जातीय आधार भएको पार्टीको अवस्था छ यस्तो ! जय प्रकाश गुप्ताद्वारा समाजिक संजालमा पोस्ट 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x