१६ जेष्ठ २०८३, शनिबार

मुसलमानबाट हिन्दू बनेको एक परिवारको अनुभव, के हिन्दूले उनीहरूलाई आफ्नो माने?

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार ०७:४८ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा बागपत जिल्लाको बदरखा गाउँमा चार वर्षकी बच्चीलाई नाम सोध्दा उनले जोया बताइन्।

जोयाले नाम बताएपछि लाज मान्दै औँलाहरू मुखभित्र हालिन्। छेउमै बसेकी उनकी दिदीले कुहिनाले घच्चा दिँदै उनको नाम गुडिया हो भनेपछि फेरि उनले आफ्नो नाम गुडिया भएको बताइन्।

यसैबीच जोयाका भाइलाई छिमेकी एक बच्चाले अनस भनेर बोलाए। सात वर्षका अनसले आफ्ना बाबु दिलशादतिर हेरे।

दिलशादले ती बच्चालाई गाली गर्दै भने स्कूलमा यसको नाम अमर सिंह हो उसलाई स्कूलकै नामले बोलाउने गर। अनस नाम लिएर बोलाएका बच्चा दिलशादको जबाफपछि चुपचाप त्यहाँबाट हिँडे।

हिन्दू बन्नुको उद्देश्य

वास्तवमा दिलशादको परिवारका कुल १३ जना सन् २०१८ मा मुस्लिमबाट हिन्दू बनेका थिए। त्यसमा तीन दाजुभाइ नौशाद, दिलशाद र इरशाद सँगै उनीहरूका बालबच्चा र श्रीमती पनि थिए।

बागपत

उनीहरू सँगै उनका पिता अख्तर अली पनि आफ्नी श्रीमतीसहित हिन्दू बनेका थिए।

कठिन समयमा मुसलमानहरूले आफूहरूलाई सहयोग नगरेको भन्दै उनीहरूले इस्लाम छोड्ने निर्णय गरेका थिए।

यो परिवार हिन्दू बन्दा जोया ६ महिनाकी मात्र थिइन्।

चार वर्षकी बच्चीलाई धार्मिक सम्प्रदायका बारेमा के थाहा होस्। उनलाई जोया नामले बोलाए पनि आफ्ना बाबुआमा मुसलमान भएकाले यस्तो नाम राखेको हो भन्ने पनि उनले बुझ्दिनन् होला।

बच्चाहरूको धार्मिक सम्प्रदाय कुन हुने भन्ने उनीहरूको रोजाइमा हुने होइन। दुनियाँभरका आमा बाबुले नै बच्चाको धर्मबारे तय गरिदिन्छन्। आमा बाले धर्म परिवर्तन गरे भने बच्चाहरूमा पनि नयाँ धर्म अपनाउनुपर्ने दबाव हुन्छ।

यो पूरा परिवार मजदुरी गरेर आफ्नो जीविका चलाउँछन्। नौशाद राज मिस्त्री हुन्।

दिलशाद गाउँ गाउँ घुमेर कपडा बेच्छन्।

इरशाद पनि फेरी लगाएर कपडा नै बेच्छन्।

बागपत
तस्बिरको क्याप्शन,तीन दाजुभाइमध्ये दुई जना फेरि मुसलमान बनेका छन् तर दिलशाद (बायाँ) अझ पनि हिन्दू नै रहेका छन्

उनका पिता अख्तर अली पनि कपडा नै बेच्थे। अहिले वृद्ध भएकाले केही गर्दैनन्।

अख्तर अलीका कान्छा छोरा गुलशनको शव सन् २०१८ मा सन्दिग्ध हालतमा फेला परेको थियो।

उनका छोराको हत्या भएको उनीहरू बताउँछन् जुन सन्दर्भमा उनीहरूका समुदायले साथ दिएनन् भन्ने उनीहरूलाई लाग्छ।

मुसलमानबाट हिन्दू बन्नु यो परिवारका लागि कस्तो रह्यो?

युवा हिन्दू वाहिनीका मानिसहरूले उनीहरूलाई सहयोग गरेका थिए। त्यसैकारण उनीहरूले इस्लाम छोड्ने फैसला गरे। हिन्दू धर्म अपनाएपछि गाउँका जगबीर सिंहले आफ्नो घर नै उनीहरूलाई दिएका थिए। गाउँमा उनको घर खाली थियो किनकि पूरा परिवार मेरठमा बस्छन्।

तर मुसलमानबाट हिन्दू बन्ने यात्रा पूरा परिवारका लागि धेरै लामो रहेन।

उनीहरूको घरका महिलाहरूलाई हिन्दू बन्न मन थिएन।

हिन्दू बनेपछि नौशादकी पत्नी रुकैया माइत गइन्।

बागपत
तस्बिरको क्याप्शन,बागपतको बदरखा गाउँका रामनिवास सिंह र सुखबीर सिंह

हिन्दू बनेपछि उनको विवाह टूटेको भन्दै उनले आफू अब नफर्किने बताइन्।

नौशाद भन्छन् उनलाई एक्लै बस्न निकै मुस्किल भयो किनभने बच्चा पनि उनकी पत्नीसँगै गए।

हिन्दू बनेपछि के पाइयो?

नौशादले दुई महिनामै फेरि इस्लाम अपनाए र फेरी आफ्नी श्रीमतीसँग विवाह गरे।

त्यसैगरी इरशाद पनि जे सोचेर हिन्दू बनेका थिए उनलाई केही पनि हासिल भएन।

इरशादले हिन्दू बनेपछि आफ्नो नाम कवि राखेका थिए। इरशादले न्याय पाउनका लागि आफू हिन्दू बनेको तर त्यहाँ पनि केही प्राप्त नभएको बताए।

इरशाद भन्छन्, ” म हिन्दू त बनेँ तर सारा नातेदार मुस्लिम थिए। सबै हामी हिन्दू बनेपछि टाढिए। कोही मसँग बोल्दैनथे। कोही फोन पनि उठाउँदैनथे। हिन्दूमा जाति व्यवस्था छ। आफूलाई हिन्दू त बनाइयो तर जाति कहाँबाट पाउने? जाति नपाएपछि विवाह कसरी गर्ने? मलाई लाग्यो यो त आफ्नै खुट्टामा बञ्चरो हान्नु हो।”

अख्तर अलीकी जेठी बुहारी शाबरा खातून भन्छिन् ” हामीलाई कोही पनि हिन्दूले स्वीकार गर्दैनन् भन्ने मलाई थाहा थियो। त्यसैले मैले फैसला गरेकी थिएँ कि जतिसुकै कठिनाइ आइलागे पनि म हिन्दू बन्दिनँ। मेरा बच्चासँग कसले बिहे गर्ने? म हिन्दू बने पनि ब्राह्मण त बन्न सक्दिनथेँ। बन्नु त दलित नै थियो। तब म किन छुवाछूत झेल्न जाउँ? हेर्नुस् मुसलमान बन्न सजिलो छ तर हिन्दू बनेर पनि आफ्नो अघिको जीवनबाट मुक्त हुन सकिन्न।”

बागपत
तस्बिरको क्याप्शन,गाउँको शिव मन्दिर परिसरमा बसिरहेका दिलेर सिंह

अख्तर अली को पूरा परिवार फेरि मुसलमान बन्यो तर उनका साहिँला छोरा दिलशाद अहिले पनि हिन्दू नै छन्। उनले २०१८ मा आफ्नो नाम दिलेर सिंह बनाएका थिए। दिलेर सिंहले आफ्ना सबै पाँच बच्चाका हिन्दू नाम राखेका छन्। उनका पाँच बच्चा चार वर्षदेखि १४ वर्षका छन्। दिलेर सिंहले आफ्नी पत्नी को नाम मञ्जु राखेका छन्।

दिलेर सिंह चार वर्षदेखि हिन्दू हुन् तर के उनलाई त्यसबाट केही फाइदा भयो? यो प्रश्नले उनलाई धेरैबेर मौन बनाइदिन्छ। मौनता तोड्दै दिलेस सिंह भन्छन् के ” के पाउनु थियो र? मेहनत गरेर मात्र केही पाइन्छ। धर्म परिवर्तनबाट नाम परिवर्तन हुन्छ। गाउँका हिन्दूले हाम्रो मद्दत गरे। जयबीर सिंहले घर दिएका थिए। त्यो अहिले पनि छ। मेरा भाइहरू फेरि मुसलमान बने तर अहिले पनि उनीहरू त्यही घरमा बस्छन्। उनीहरूलाई हटाइएको छैन।”

हिन्दूहरू के भन्छन्?

जयबीर सिंहको परिवारकै सुखवीर सिंह भन्छन्, ” उनीहरूलाई घर हिन्दू बनेका कारण दिइएको होइन। यो घर खाली थियो त्यसैले दिएको हो। यहाँ मान्छे बसेपछि सरसफाइ भइरहेको छ। उनीहरूलाई जुन धार्मिक सम्प्रदायमा बस्न मन लाग्छ उसैमा बस्छन्। हामीलाई केही फरक पर्दैन।”

सुखवीर सिंह भन्छन्, ” हेर्नुस् हिन्दूबाट मुसलमान बन्न सजिलो छ तर मुसलमानबाट हिन्दू बन्न मुस्किल छ। हिन्दू समाजमा जाति ले अझ पनि धेरै महत्त्व राख्छ। विवाह आफ्नै जातिबीच हुन्छ। कोही मुसलमानबाट हिन्दू बनेपछि उनलाई कुन जाति मान्ने। जाति त जन्मजात हुन्छ। आफूलाई जे मन पर्‍यो त्यो त बन्न पाइन्न। मानौँ कि उनीहरू हाम्रो जाट जातिमा आउन चाहे। तर उनीहरूलाई कसले स्वीकार गर्छ र?”

पश्चिम बङ्गालको जाधवरपुर यूनिभर्सिटीमा राजनीति विज्ञानका प्रोफेसर अब्दुल मतीन भन्छन्, “भारतमा ‘घर वापसी’ अर्थात् घर फर्कको नारा जुन दिइएको छ त्यो सामाजिक रूपमा धोका हो।”

प्रोफेसर मतीन भन्छन्, ”घर फर्कको नारा त छ तर कुन घरमा फर्कने? घरको बालकोनीमा बस्ने हो या कुनै कुनामा या ग्यारेजमा। मलाई त लाग्छ, घरको घण्टी बजाउँदा पनि कसैले ढोका खोल्ने वाला छैन। त्यसलाई अम्बेडकरले तोड्न सकेनन् उनी हारेर बौद्धमार्गी बने। इस्लाम वा इसाईमा रहँदा जस्तो सामुदायकि सम्बन्ध वा अपनत्व भइसकेको हुन्छ त्यो छोडेर हिन्दू धर्म मान्न थाले पनि सामाजिक मान्यता मिल्दैन।”

घर फर्क त भनियो तर घर कहाँ छ?

बागपत
तस्बिरको क्याप्शन,दिलशाद की पत्नी मनसु अब मञ्जु बनेकी छन्

प्रोफेसर मतीन भन्छन्, ”हृदय परिवर्तन भएका कारण मानिसहरू हिन्दू बनेका होइनन्। यो त धर्म परिवर्तनको राजनीतिबाट प्रेरित छ। फेरि कोही मुसलमान हृदय परिवर्तन भएरै हिन्दू बनेको भए के हिन्दू समाजको हृदय परिवर्तन होला? जो मुसलमानबाट हिन्दू बन्छन् उनीहरूको पहिचान त थप जटिल बन्छ। धर्म परिवर्तन गरे पनि हिन्दूहरूको वृहत् समाजमा प्रवेश मुस्किल छ।”

विश्व हिन्दू परिषद्का संयुक्त सचिव सुरेन्द्र जैन भन्छन्, ”इस्लामबाट हिन्दू धर्ममा आउँदा सन्ततीका विवाह सम्बन्धमा प्रश्न खडा हुन्छ। स्वीकार्यताको प्रश्न पनि छ। यसैबारे हामीले समाधान निकालेका छौँ। जसको पूर्वज जुन जातिका थिए उनलाई त्यही जाति दिने। यहाँका सबै मुसलमानका पूर्वज हिन्दू नै थिए। र आफ्ना पूर्वजका बारेमा कसलाई थाहा हुन्न र? कसलाई थाहा छैन र शेख अब्दुल्लाहको परिवार कौल ब्राह्मण थियो। त्यसैगरी जिन्नाको परिवारबारे कसलाई थाहा छैन र?”

मोहम्मद अली जिन्नाका पूर्वज गुजरातमा लोहाना-ठक्कर जातिका थिए। यो जाति गुजरातका हिन्दूमा व्यवसाय गर्ने समूहको हुने गर्छ।

हिन्दू बनेपछि जाति के हुन्छ?

सुरेन्द्र जैन भन्छन्, ”हरियाणामा जाटहरूले इस्लामबाट हिन्दू बनेकाहरूलाई स्वीकार गरेका छन्। घर फर्क नारा केवल नारा मात्र होइन। यसमा खास काम भइरहेको छ। मुसलमानहरूमा जाति हुँदैन भन्नेहरूले इस्लाम जान्दैनन्। शिया र सुन्निबीचको दुस्मनी कसलाई थाहा छैन र? इस्लामबाट हिन्दू बन्न आउनेहरूलाई उनीहरूको पूर्वजको जाति मिलोस् भनेर हामी काम गरिरहेका छौँ। हामीलाई मेवातका मुसलमानको हिन्दू गोत्र पनि थाहा छ। त्यसैले यसमा अन्योल हुनै पर्दैन।”

बागपत
तस्बिरको क्याप्शन,बागपतको बदरखा गाउँमा हिन्दू बन्न सन् २०१८ मा आयोजति अनुष्ठान

गुजरात विश्वविद्यालयमा सामाजिक विज्ञानका प्राध्यापक गौराङ्ग भन्छन् ”सुरेन्द्र जैनले बरु उनीहरू जाति विहीन समाज बनाउन चाहेको भन्नुपर्थ्यो ता कि जातिको नाममा हुँदै आएको भेदभाव अन्त्य हुन सकोस्। तर उनी वर्ण व्यवस्था छोड्न चाहन्नन् त्यसैले मुसलमानबाट हिन्दू बनेपछि पनि उनी मानिसहरूलाई जाति बाँड्छन्। पछिल्लो १० वर्षमा मुसलमानहरूको जस्तो छवि बनाइदिइएको छ त्यस्तो छविलाई मानिसहरू घृणा गर्लान् या स्वीकार? यो प्रश्न विश्व हिन्दू परिषद्लाई सोध्न पर्‍यो। यदि हिन्दूहरूमा यस्तो स्वीकार्य भाव छ भने मुसलमानहरूलाई घर भाडामा किन दिँदैनन्?”

अख्तर अलीको परिवारलाई युवा हिन्दू वाहिनीको बागपत जिल्ला अध्यक्ष योगेद्र तोमरले मुसलमानबाट हिन्दू बनाउन मद्दत गरेका थिए। उनलाई उक्त परिवार किन फेरि मुसलमान बन्यो भनेर सोध्दा उनले भने, “उनका श्रीमती र बच्चाहरूले छोडेर गएकाले त्यस्तो भएको हो। तर हाम्रो काम रोकिएको छैन। हामी चाहन्छौँ कि सारा मुसलमान घर

फर्कून्।”

वसीम रिज़वीलाई हिन्दू बनेपछि के प्राप्त भयो?

उत्तर प्रदेशका शिया वक्फ़ बोर्डका पूर्व अध्यक्ष वसीम रिज़वी गत वर्ष पाँच डिसेम्बरमा हिन्दू धर्म अपनाएर जितेन्द्र नारायण सिंह त्यागी बनेका थिए। ५१ वर्षका जितेन्द्र नारायण सिंह त्यागी जीवनको ५० वर्ष दुई महिना इस्लाममा रहे। गत १० महिनादेखि उनी हिन्दू छन्। दश महिनाको उनको अनुभव कस्तो छ?

त्यागी भन्छन्, ”सनातन धर्म अपनाउँदा हुने चुनौतीको अनुमान मलाई पहिले नै थियो। खासमा यहाँ स्वीकार्यता छैन। सबभन्दा पहिलो समस्या त जातिबारे हुन्छ। मैले मेरो नाममा त्यागी जोडेँ तर यसको मतलब त्यागी समाजले मेरा परिवारसँग वैवाहिक सम्बन्ध बनाउँछ भन्ने होइन। सातौँ शताब्दीको इस्लाम धर्म अहिले दुनियाँको दोस्रो ठूलो समूह बन्नुमा यसका केही खुबी छन्।”

वसीम रिज़वी

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,वसीम रिज़वी पिछले साल पाँच दिसंबर को मुसलमान से हिन्दू बन गए थे.

जितेन्द्र त्यागी भन्छन्, ”इस्लाममा घुलमिल हुने स्थान छ। तपाईँले एक पटक इस्लाम स्वीकार गर्नुभयो भने तपाईँको अतीत के थियो त्यसको कसैलाई केही मतलब हुँदैन। वैवाहिक सम्बन्ध गाँस्न पनि समस्या हुँदैन। इस्लाममा जाति विशेषक भएका कारण यस्तो अपमान झेल्न पनि पर्दैन। म मरुन्जेल सनातन रहनेछु तर मेरा सन्ततीसँग कसैले वैवाहिक सम्बन्ध बनाउने छैनन् भन्ने मलाई थाहा छ। म घर को न घाटको भएँ जस्तो लाग्छ। जब इस्लाममा थिएँ त्यस बेला पनि चैन थिएन अहिले यहाँ पनि छुट्टै अलग्गै महसुस गर्छु।”

जितेन्द्र नारायण त्यागी भन्छन्, सनातनमा आएपछि उनको विवाह टुट्यो। परिवार नराम्ररी प्रभावित भयो। ”साँचै भन्ने हो भने मैले मेरो जीवनमा विष घोले जस्तो भएको छ। त्यसैले म पूरा परिवारसहित आउन चाहिनँ। पहिला आफू आएर हेर्न चाहेँ। राम्रै भयो सबै परिवार आएनन्।”

धर्म सम्प्रदाय यस्तो महत्त्वपूर्ण किन?

के मानिसको जीवनमा सम्प्रदाय यस्तो महत्त्वपूर्ण हुन्छ कि त्यसका लागि विवाह वा परिवार त्याग्न परोस्। त्यागी भन्छन्, “मानवता भन्दा ठूलो त केही हुँदैन। यदि घर फर्क लक्ष्य बनाउने हो भने हिन्दू धर्मले हात फैलाएर आउनेहरूलाई स्वीकार गर्नुपर्ने हुन्छ नत्र यसको काम छैन।”

जितेन्द्र नारायण त्यागीको गुनासोमा विश्व हिन्दू परिषद्का राष्ट्रिय संयुक्त सचिव सुरेन्द्र जैन भन्छन्, ”वसीम रिज़वीलाई मिडियामा आएर अनियन्त्रित बोल्न मन पर्छ। त्यसकै फल भोगिरहेका छन्।”

कोलकत्ता विश्वविद्यालयमा राजनीति विज्ञानका प्राध्यापक हिमाद्री चटर्जी इस्लाम धर्म स्वीकार गरे पछि त्यहाँ वैवाहिक सम्बन्ध बनाउनमा भेदभाव नहुने कुरा मान्दैनन्। उनी भन्छन्, ”त्यहाँ पनि भेदभाव छ। त्यहाँ पनि दलितको हालत उस्तै छ। जसले पनि धर्म परिवर्तन गरे उनको सामाजिक पहिचान उनीसँगै आउँछ।

अम्बेडकर पनि लाचार थिए

सुरेन्द्र जैनले भनेजस्तो धर्म परिवर्तनपछि पूर्वजको जाति दिने कुरा सजिलो छ? प्रोफेसर हिमाद्री चटर्जी भन्छन् ”घर फर्केपछि यदि जाति दिए भने मामिला अर्कै हुन्छ। त्यसपछि त हिन्दू धर्मका ग्रन्थ पनि संशोधन गर्नुपर्ला। अम्बेडकरले हिन्दू धर्मबाट विद्रोह के का लागि गरेका थिए ? जगजाहेर छ कि जातिकै दुष्चक्रबाट बच्न उनले त्यसो गरेका थिए।

वसीम रिज़वी

तस्बिर स्रोत,GETTY IMAGES

हिमाद्री चटर्जी भन्छन्, ”हिन्दू बनेपछि मानिसहरूलाई कस्तो स्थान दिइन्छ? यदि कसैका पूर्वज दलित थिए भने उनीहरू फेरि दलित बन्न हिन्दू धर्ममा किन आउलान्? यदि कोही ब्राह्मण बन्ने सर्तमा हिन्दू धर्ममा आए जैनले त्यसो गर्न सक्छन्?”

दिलेर सिंह दिलशाद हुँदा गाउँ गाउँ घुमेर कपडा बेच्थे। हिन्दू बनेको चार वर्षपछि पनि त्यही काम गरिरहेका छन्। उनकी पत्नी मनसुबाट मञ्जु बनेकी छन्। उनले अहिले पनि पाँच बच्चा र पतिका लागि हर दिन खाना बनाउनुपर्छ। उनीहरूको नाम मात्रै बदलिएको छ बाँकी जस्ताको तस्तै। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x