२० आश्विन २०८३, मंगलवार

स्वीट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै ३ अंक पायो

एसीपी संवाददाता

९ मंसिर २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

कतारमा जारी विश्वकप फुटबलको समूह ‘जी’ को पहिलो खेलमा स्वीट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै ३ अंक जोडेको छ । स्वीट्जरल्याण्डले आज साँझ भएको खेलमा क्यानरुनमाथि १–० को जित निकालेको हो ।

खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबर जसो बल आफ्नो नियन्त्रणमा लिएका थिए ।

स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो ।  खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले १ वटा पहेँलो कार्ड पाएको थियो ।

यो सँगै समूह ‘जी’मा स्वीट्जरल्याण्डले जितसँगै शुरुआत गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x