२२ आश्विन २०८३, बिहीबार
ब्राजिल क्वाटरफाइनलमा,क्रोसियासँग ब्राजिल भिड्दै
दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जित निकाल्दै ब्राजिल ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलका तर्फबाट भिनिसियस जुनियर, नेइमार , रिचार्लिसन र लुकास पाक्वेटाले गोल गरेका थिए।त्यस्तै दक्षिण कोरियाबाट पायक सुंग होले गोल गरेका थिए।
हिजै रातीको पहिलो प्रि-क्वाटरफाइनलमा क्रोएसियाले जापानलाई पेनाल्टीमा ३-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
दक्षिण कोरियालाई पराजित गरेको ब्राजिल र जापानलाई पराजित गरेको क्रोएसियाबिच आइतबार क्वाटरफाइनल खेल हुनेछ। ब्राजिल यस विश्वकप मुख्य दाबेदार राष्ट्र हो।
Subscribe
Login
0 Comments


