१३ माघ २०७९, शुक्रबार

लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा हुने

एसीपी संवाददाता

२९ पुष २०७९, शुक्रबार ०८:५६ मा प्रकाशित

नेपालगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज जेलबाट थुनामुक्त हुँदै छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले हिजो आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले हिजो रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत असोजमा नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । लामिछाने धरौटीमा रिहा भएपनी पीडितलाई भेट्न र बिदेश भने जान पाउने छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x