९ बैशाख २०८३, बुधबार

विमान दुर्घटनामा ३ जना डाक्टरले ज्यान गुमाए

एसीपी संवाददाता

१ माघ २०७९, आईतवार २३:०० मा प्रकाशित

कास्की । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा १० महिने शिशुसहित एक डाक्टर दम्पत्तिको पनि मृत्यु भएको छ । यस्तै अर्का डाक्टरको पनि मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

दुर्घटनामा डा.सुशिल श्रेष्ठ तथा डा.शोना दिवाकर र उनीहरुका १० महिने शिशुको मृत्यु भएको संघले जनाएको छ । यसैगरी डा.गणेश थापाको पनि मृत्यु भएको हो ।

संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकोमा स्तब्ध भएको विज्ञप्तिमार्फत् जनाइएको छ । यो अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संघले दुर्घटनामा दीवंगत चिकित्सकहरुको असामयिक निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x