१३ माघ २०७९, शुक्रबार

के सरकार संकटमा आयो ? एकैपटक चार दलले समर्थन फिर्ता लिनसक्ने

एसीपी संवाददाता

११ माघ २०७९, बुधबार १३:३१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार संकटमा परेकाे छ । राप्रपासहित तीन वटा दलले समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमाले, माओवादी र रास्वपाले बलमिच्याइँ गर्दा गठबन्धनमा मतभेद बढेकाे छ ।

अवसर जति लिएका यी दलले अन्य दलकाे एजेण्डामासमेत प्रहार गर्न थालेपछि मतभेद बढेर सरकार नै संकटमा परेकाे हाे । राप्रपाले उठाउँदै आएकाे संघीयता खारेजी र धर्मनिरपेक्षता खारेजी तथा गणतन्त्र हटाएर राजतन्त्र ल्याउने मुद्दाहरू उठाउँदा राप्रपाका मन्त्री नै निशानामा परेका छन् ।

कानुनमन्त्री ध्रुव प्रधानले एजेण्डा उठाउँदा प्रधानमन्त्री प्रचण्डले कारवाही गर्ने चेतावनी दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री गठबन्धन दलकाे एजेन्डालाई सम्मान नगरे सरकार छाड्ने चेतावनी दिए । प्रचण्ड बनाइएकाे प्रधानमन्त्री भन्दै एक्लै प्रधानमन्त्री भएजस्ताे दम्भ नदेखाउन उनले चेतावनी दिए । सत्ता गठबन्धनमा सीके राउतकाे जनमत पार्टी पनि सरकार छाेड्ने तयारीमा छ ।

न्युनतम साझा कार्यक्रम बनाउँदा किसानका मुद्दा उपेक्षा गरेर आफूहरूलाई वाइपास गरेकाे गुनासाे राख्दै आएकाे जनमत मन्त्रालयमा ठगिएपछि सरकार छाड्ने निचाेडमा पुगेकाे हाे । त्यसैगरी गठबन्धनमा सम्मानजनक स्थान नपाएकाे जसपा पनि समर्थन फिर्ता लिएर एकीकृत समाजवादीसँग एकता प्रक्रिया अगाडि बढाउने गृहकार्यमा छ ।

उपराष्ट्रपतिसहित सम्मानजनक भागवण्डा खाेजेकाे जसपाले पाउने सम्भावना छैन  । रेशम चौधरी रिहाईकाे बटमलाइन बनाएकाे नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएकाे छैन । माघि अगाडि नै रेशमलाई छाेड्ने वाचा सरकारले गरे पनि धाेका भएकाे भन्दै नाउपा पनि असन्तुष्ट छ ।

माग सम्बाेधन नभए समर्थन फिर्ता लिएर सडक र सदन तताउने नाउपाकाे तयारी छ । यी चार दलले समर्थन फिर्ता लिँदा प्रचण्ड सरकार अंकगणितमा संकटमा पर्ने निश्चित छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x