२४ आश्विन २०८३, शनिबार

यस क्षेत्र मै पहिलो पटक कुस्ती सुरु

एसीपी संवाददाता

१५ माघ २०७९, आईतवार ०८:०७ मा प्रकाशित

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज देखि कुस्ती प्रतियोगिता शुरु भएको छ ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ गते देखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले कुस्ती प्रतियोगिताको रिवन काटेर उद्धघाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आज देखि संचालन भएको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए । उनका अनुसार यो कुस्ती प्रतियोगिता माघ १८ गते सम्म जारी रह्नेछ ।

पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन । कुस्ती प्रतियोगिता हेर्नेको भिड नै लागेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x