११ आश्विन २०८३, आईतवार

दलित सहिदको खोजविन गर्न भोक हड्ताल

एसीपी संवाददाता

१७ माघ २०७९, मंगलवार ११:४४ मा प्रकाशित

काठमाडौँ । जनयुद्ध जनआन्दोलनसहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका व्यक्तिको नाममा भोक हड्ताल सुरु गरिएको छ । माघ १६ गते अर्थात सहिद दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरमा भोक हड्ताल सुरु गरिएको हो । सहिद दिवसको अवसर पारेर दलित सहितको खोजविन गर्न आजबाट भोक हड्ताल सुरु गरिएको अभियान्ता राजेश विद्रोहीले बताए ।

‘जनयुद्ध जनआन्दोलन सहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका दलित व्यक्तिको खोजविन हुनुपर्यो’ विद्रोहीले भने, ‘ती दलित सहितको नाममा पार्क, स्कुल स्वास्थ्य संस्था लगायत विभिन्न संरचना बनाउनुपर्यो । अरु समुदाय जत्तिकै दलित सहिदलाई स्थान दिनुपर्यो ।’ आन्दोलनमा लागेका सबै समुदायका सहिद बराबर हुने भएकाले सम्मान व्यवहार राज्यले गर्नुपर्ने विद्रोहीले बताए । दलित आन्दोलनसँग सम्बन्धित ८४ बुँदे माग राखिएको छ । बेलुका सहितको सम्झनामा दिप प्रज्वलन समेत गरिने भएको छ । भोक हड्तालमा विद्रोहीसहित खगेन्द्र सुनार बसेका छन् ।रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x