२४ आश्विन २०८३, शनिबार

सन्दीप लामिछाने विरुद्ध सर्वोच्चमा दर्ता भयो पुनरावलोकन निवेदन

एसीपी संवाददाता

१८ माघ २०७९, बुधबार ०७:१० मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ। महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो।

नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश खारेज गर्दै उच्च अदालत पाटनको ५ शर्त र २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

उक्त आदेशपछि लामिछाने रिहा भएका छन्। सरकारी वकिल कार्यालयले उच्चको आदेश बेरितको भएकाले खारेज हुनुपर्ने मागदाबी गर्दै सन्दीपलाई थुनामै राख्न निवेदन दिएको हो।

गत कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए।

लामिछानेमाथि एक नाबालिकालाई भदौ ५ मा तिलगंगास्थिति एक होटलमा बलात्कार गरेको आरोप छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x